डेढ महिनाको बच्चा लिएर रेलको पट्रीमा आत्महत्या प्रयास गर्दा पनि यसरी बाँचिन यी महिला



हाम्रो इकोनोमि

 

एउटा आत्महत्याको प्रयास असफल भएपछि विश्वनै चकित भएको छ । डेढ महिनाको बच्चालाई लिएर एक महिलाले गरेको आत्महत्या चकित रुपमै असफल भएको छ ।

 

घटना हो भारतको । गोरखपुरबाट मुम्बई जाँदै गरेको काशी एक्सप्रेसको रेल शनिबार बिहान ११ः३० बजे स्टेशनमा आएर रोकेको थियो । त्यहाँबाट एक महिला ओर्लिन् र आफ्नो डेढ महिनाको बच्चा अँगालोमा राखेर सँगै जोडिएको रेल्वे ट्रयाकमा गएर सुतिन् ।

 

जुन ट्रयाकमा करीब १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुष्पक एक्सप्रेस आयो र उनीहरु माथिबाट गयो । तर, अचम्मको कुरा त के भयो भने आमा र बच्चा दुवैलाई सामान्य चोटसम्म लागेन ।

 

तबसुम नाम गरेकी एक विवाहित २५ वर्षीय महिला इलाहावादबाट हजुरआमाको घर मुम्बई जाँदै थिइन् । तबसुमले बताए अनुसार उनकी सौतेनी आमाले उनकोे फेरि अर्को विवाहित पुरुष मो। साजिदसँग विवाह गराउन खोजेकी थिइन । पहिलेको श्रीमानले उनलाई यातना दिएपछि सम्बन्धविच्छेद गरेर माइतमा बस्दै आएकी थिइन ।

 

जबरजस्ती विवाहित पुरुषसँग विवाह गर्ने षड्यन्त्र थाहा पाएपछि आफू निकै तनावमा रहेको उनले बताएकी छन् । तबसुमका अनुसार छोरा जन्मिनु भन्दा करीब दुई महिनाअघि उनले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

 

तर, त्यतिबेला उनी बच्न सफल नै भइन् । अहिले उनलाई सखी सेन्टरमा राखिएको छ । उनको परिवारजनलाई बुरहानपुरमा बोलाइएको छ । र घटनाबारेमा प्रहरीले अनुसन्धान जारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...