त्रिविविको गम्भीर लापरवाही : नतिजा दिने बेला उत्तरपुस्तिका नै हरायो



हाम्रो इकोनोमि

 

 

त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पस्तिका नै गायब भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।

 

नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि उनीहरु अन्योलमा परेका हुन् । २०७४ सालमा भएको बिबीएस तेस्रो वर्षको लागि नेपालको कर प्रणलीको विषयका सबै उत्तर पस्तिका गायब भएको त्रिविविले जनाएको हो ।

तर कसरी गायब भए भन्ने बारे त्रिविविले आधिकारिक धारणा सार्वजनिक गरेका छैन । उत्तर पुस्तिका गायब भएको वा नष्ट भएको भन्ने बारेमा पनि खुलाइएको छैन । परिक्षाको नतिजा प्रकाशन गर्ने समयमा ६९ जनाकै उक्त विषयको उत्तर पुस्तिका हराएको त्रिविविले क्याम्पसलाई जानकारी गराएको हो ।

क्याम्पस प्रमुख दुर्गा अधिकारीले भने यसबारे बिस्तृत जानकारी लिन त्रिविवि काठमाडौं नै गएका छन् । उनले भने, ‘ज्ञिविविले सिन्धुली बहुमुखी क्याम्पसबाट बिबिएस तेस्रो वर्षका लागि नेपालको कर प्रणलीको विषयको परिक्षामा सामेल सबै विद्यार्थीको उत्तर पुस्तिका नभेटिएकोले पुनःपरीक्षा गराउनु पर्ने जानकारी मात्र गराएको छ ।’

आफ्नो गम्भीर लापरवाहीलाई लुकाउन पुनः परीक्षा गराएर नतिजा सार्वजनिक गर्ने समयमा त्रिविविको कमजोरीबारे थाहा पाएका विद्यार्थीले भने सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । परिक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनः परीक्षा गराउनु  विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बाढीले चरौँदीको झोलुङ्‍गे पुल बगायो

    त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।...

बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका नेपाली नागरिकको शव...

रसुवाको बाढीमा हालसम्म ७३४ जनाको मृत्यु

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४...

कृष्णभीरमा बाढीले सडक बगायो, काठमाडौं-मुग्लिन यातायात बन्द

    बाढीका कारण काठमाडौं-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी...