पुटिन भारतमा, अमेरिकाले दियो नाकाबन्दीको चेतावनी



हाम्रो इकोनोमि

 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत आउँदैछन् । बिहीबार दुई दिने भ्रमणका लागि भारत आउँदै गर्दा अमेरिकाले भने भारतलाई चेतावनी दिइसकेको छ ।

अमेरिकाले भारतलाई प्रतिवन्ध लगाउने चेतावनी दिएको हो । पुटिनले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग १९ औं भारत–रुस द्धिपक्षीय वार्तामा सहभागीता जनाउने छन् ।

भारत–रुसले भ्रमणका क्रममा एस–४०० एयर डिफेन्स सिस्टमसमेत २० सम्झौता हुन सक्ने बताइएको छ ।

रुसी संसद क्रेमलिनका एक अफिसरलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले लेखेका छन् कि –५ बिलियन डलरको एस–४०० डिफेन्स सिस्टम डिलमा हस्ताक्षर हुन सक्नेछ ।

शुक्रबार मोदी र पुटिनले संयुक्त पत्रकार सम्मेलन गर्न सक्नेछन् ।

यदि भारत र रुसबीच यो सम्झौता भयो भने अमेरिकाको काउन्टरिङ अमेरिकाज एड्भर्सरिज थु्र सेक्सन एक्ट अन्तर्गत उल्लंघन भएको मानिने छ । यसबाटै अमेरिकी संसदले रुसबाट हतियार खरिद गर्न प्रतिबन्ध लगाएको थियो ।

तसर्थ भारत–रुस मिल्दा अमेरिका रुष्ट भएको हो । अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले आफ्ना सहयोगी र साझेदारीहरुलाई रुससंग ब्यापार नगर्न अनुरोध गरेका छन् ।

पोम्पियोको यो भनाइ तत्काल भारतलाई लागु हुन्छ । यदि त्यस्तो भए प्रतिवन्ध लगाइने उनले बताएका छन् ।

यो सिस्टम यसअघि चीनले किनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...