५ किलो सुनसहित एक जना पक्राउ



हाम्रो इकोनोमि

 

 

३८ क्विन्टल सुन तस्करीका आरोपीहरु धमाधम एकपछि अर्को छुटिरहेका बेला काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन् ।

 

महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्लेमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीले पाँच किलो सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ गरेको हो । उक्त सुन रसुवागढी नाकाबाट भित्र्याइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

प्रहरीले आज (बुधबार) ११ बजे पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक जनाएको छ । यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्र्याइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।

सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो । ३८ क्विन्टल सुन तस्करीको अनुसन्धान निष्कर्षमा पुग्नुको साटो पक्राउ परेकाहरु समेत धमाधम छुट्न थालेपछि संगठित सुन तस्करीका गिरोहमा मनोवल बढेको देखिएको छ ।

३८ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा देखिएको कमी–कमजोरी र सुरक्षा निकायको कमजोरीको फाइदा उठाउँदै अहिले सुन तस्करीको सञ्जाल थप सचेत र व्यवस्थित भएर सुन तस्करीमा लागिरहेको स्वयम् सुरक्षाकर्मीहरु जनाउँछन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...