इन्धनको ट्याङ्करबाट २ सय ९५ किलो गाँजा तस्करी, एक जना पक्राउ



हाम्रो इकोनोमि

लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजाको चिप्पडसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, अम्लेखगञ्जका ३८ वर्षीय प्रल्हाद ठकुरी छन् ।

 

ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको अाधारमा खटिएको ब्यूरोको टोलीले मंगलबार बिहान ठकुरीलाई पक्राउ गरेको हो ।

 

ठकुरी इन्धन ट्याङ्करका चालक हुन् । पोखरेलका अनुसार उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए ।

 

‘मकवानपुरबाटै त्यो गाँजा पठाइएको खुलेको छ । हामीले रक्सौलमा रिसिभ गर्ने व्यक्तिको पनि पहिचान भएको छ’, पोखरेलले थपे, ‘हामीले पक्राउ परेका व्यक्ति र बरामद गाँजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाएका छौं । त्यहाँबाट थप फलोअप हुनेछ ।’

 

ट्याङ्करमा रहेको ५ वटा चेम्बर मध्ये २ वटा चेम्बरहरुमा प्लाष्टिकले बाँधेको २२ वटा पोकामा गाँजा भेटिएको उनको भनाइ छ । बरामद गाँजाको मूल्य अन्दाजी ४५ लाख बराबर रहेको ब्यूरोले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...