अखाद्य वस्तु भेटिएपछि बानेश्वरको संगम स्वीट्समा शीलबन्दी



हाम्रो इकोनोमि

 

 

अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा शील गरेको छ ।  पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि गोदाममा बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शील गरिएको हो ।

बानेश्वर चोकमा रहेको पसलको विक्रि वितरणमा समेत रोक लगाइएको छ ।  खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल समेत मिठाइमा प्रयोग गरेको पाइएको विभागले जनाएको छ ।  कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइ बनाउन प्रयोग गरेको भेटिएको छ । यस्तै उत्पादन भएको मितिले ४ महिना प्रयोग गर्न मिल्ने कोकोनट पाउडर ६-७ वर्षदेखि प्रयोग गरिरहेको पाइएको बरिष्ठ खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

पसलका गोदाममा भेटिएको मैदामा समेत उत्पादन मिति नभेटिएको उनले बताए ।  ‘गोदाममा शील गरी पसलको विक्रि वितरणमा रोक लगाएको छौं, ३ दिनभित्र विभागमा उपस्थित हुन भनेका छौं , कसुर अनुसारको कारवाही गर्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...