अखाद्य वस्तु भेटिएपछि बानेश्वरको संगम स्वीट्समा शीलबन्दी



हाम्रो इकोनोमि

 

 

अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले काठमाडौंको बानेश्वरमा रहेको संगम स्वीट्समा शील गरेको छ ।  पसलले विक्रि गर्दै आएको मिठाइमा अखाद्य वस्तु भेटिएपछि गोदाममा बानेश्वरको मीलनचोकमा रहेको पसलको उत्पादन कक्षमा शील गरिएको हो ।

बानेश्वर चोकमा रहेको पसलको विक्रि वितरणमा समेत रोक लगाइएको छ ।  खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल समेत मिठाइमा प्रयोग गरेको पाइएको विभागले जनाएको छ ।  कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइ बनाउन प्रयोग गरेको भेटिएको छ । यस्तै उत्पादन भएको मितिले ४ महिना प्रयोग गर्न मिल्ने कोकोनट पाउडर ६-७ वर्षदेखि प्रयोग गरिरहेको पाइएको बरिष्ठ खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

पसलका गोदाममा भेटिएको मैदामा समेत उत्पादन मिति नभेटिएको उनले बताए ।  ‘गोदाममा शील गरी पसलको विक्रि वितरणमा रोक लगाएको छौं, ३ दिनभित्र विभागमा उपस्थित हुन भनेका छौं , कसुर अनुसारको कारवाही गर्छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...