ठूलिआमा बलात्कार गर्ने प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

ठूलीआमालाई बलात्कार गर्ने पाल्पाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका ती युवकलाई पक्राउ गरेको हो ।

 

मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले आफ्नै छिमेकी ठूलीआमा पर्नेलाई करणी गरेको भनिएकाले पक्राउ गरिएको बताए ।

 

आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...