५ सय रुपैयाँ माग्दा १९ वर्षीया युवतीकाे सामूहिक बलात्कार



हाम्रो इकोनोमि

 

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै कालिकोटको खाँडाचक्र नगरपालिका –९ पाँखामा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

 

असोज ९ गते धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा १९ वर्षीया युवती बलात्कारमा परेकी हुन् ।

 

किशोरीले ३ वर्षअगाडिको पाँच सय रुपैयाँ माग्दा बलात्कारको सिकार हुनुपरेको बताएकी छन् । स्थानीय पर्व विकले आफ्नो पसलबाट ५ सय रुपैयाँ लगेपछि मेला हिँडेकी किशोरीले खर्च नभएकाले आफ्नो पैसा दिन आग्रह गरेकी थिइन् ।

 

८ जनाको समूहमा रहेका युवाहरु मदिरा पिउँदै बसिरहेका थिए । पैसा माग्दा उनलाई युवाहरुले खोल्सामा लगेर पालैपाले बलात्कार गरेको उनको भनाइ छ ।

 

बलात्कारीबाट छुटाउन पुगेका दाजुमाथि युवाहरुले ढुंगा प्रहार गरेका थिए । पछि दिदि र दाजूले उनको उद्धार गरेका थिए । युवतीको किटान जाहेरीपछि प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

 

पीडितले किटाणी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले बताए ।

 

यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् ।

 

पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्मा, प्रहरी ईन्सपेक्टर निरोज चौलागाई लगायतका ५० जना प्रहरीको सक्रियतामा १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...