५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा सरकारी कर्मचारी पक्राउ



हाम्रो इकोनोमि

 

 

दोलखामा ५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।

 

तामाकोशी गाउँपालिकाकी ५ वर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् ।

 

भदौ २१ गते घरमै खेलिरहेकी बालिकालाई बजगाईले बलात्कार गरेको आरोप लागेको छ । घटनालगत्तै उनी फरार भएका थिए ।

 

जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले बिहिबार काठमाडौको कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए ।

 

पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको स्वास्थ्य परीक्षणबाट बलात्कार पुष्टि भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...