‘सुकेनास’ जस्ता रोग लागेका सरकारी निकायलाई चुस्तदुरुस्त बनाउँछु : पण्डित



हाम्रो इकोनोमि

 

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘सुकेनास’ जस्ता रोग लागेका आफू मातहतका सरकारी निकायलाई चुस्तदुरुस्त बनाएर काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

 

शुक्रबार ललितपुरमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन पनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिए ।

 

स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौलता छाइरहेका बेला मन्त्री लालबाबु पण्डितले स्थानीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।

 

उनले स्थानीय तहलाई दिशा निर्देश हुने गरी आयोजना गर्न लागिएको तालिमका लागि आवश्यक ऐन, कानुन र संरचना निर्माणको कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारे ।

स्थानीय तहमा विकास, निर्माणको कामलाई तीव्रता दिन पनि आवश्यक तालिमको काममा ढिलाई गर्न नहुने मन्त्री पण्डितको बुझाई छ ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...