‘सुकेनास’ जस्ता रोग लागेका सरकारी निकायलाई चुस्तदुरुस्त बनाउँछु : पण्डित



हाम्रो इकोनोमि

 

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘सुकेनास’ जस्ता रोग लागेका आफू मातहतका सरकारी निकायलाई चुस्तदुरुस्त बनाएर काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 

 

शुक्रबार ललितपुरमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन पनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिए ।

 

स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौलता छाइरहेका बेला मन्त्री लालबाबु पण्डितले स्थानीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् ।

 

उनले स्थानीय तहलाई दिशा निर्देश हुने गरी आयोजना गर्न लागिएको तालिमका लागि आवश्यक ऐन, कानुन र संरचना निर्माणको कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारे ।

स्थानीय तहमा विकास, निर्माणको कामलाई तीव्रता दिन पनि आवश्यक तालिमको काममा ढिलाई गर्न नहुने मन्त्री पण्डितको बुझाई छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...