घाँस काट्न गएकी किशोरीको भीरबाट खसेर मृत्यु



हाम्रो इकोनोमि

 

 

बडिमालिका नगरपालिका-४ मा भीरबाट खसेर एकजना बालिकाको मृत्य भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-४ रिला बस्ने काँशी चदाँराकी १५ वर्षीया छोरी पूजा चदाँरा रहेकी छन्।

 

भैंसीका लागि घाँस काट्न गएको बेला गाउँ नजिकैको भाँटीकुणा भीरबाट खसेर उनको मृत्यु भएको हो। शुक्रबार बिहान करिब ११ बजेतिर घटनास्थलमै मृत्यु भएको उनकी दिदी लक्ष्मी विकले बताइन्।

 

नेपाल राष्ट्रिय मावि जडाङ्गमा कक्षा १० मा अध्ययनरत पूजा विद्यालय नगएर भैंसीका लागि घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा खुट्टा चिप्लिएर भीरबाट खसेको हुनसक्ने परिवारको अनुमान छ। यहाँका अधिकांश बालबालिका पढाइभन्दा घरको काम अनिवार्य गर्नुपर्ने बाध्यता छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...