धरौटीमा छुटेका दुई उपसचिव तत्काल पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौं जिल्ला अदालबाट धरौटीमा छुटेका दुई उपसचिव तत्कालै पक्राउ परेका छन् ।

 

धरौटीमा छुटेका उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पुनः पक्राउ गरेको हो । भारतीय व्यवसायी रामनिरञ्जन जटहियाको शंकर इलेक्ट्रोनिक्स कम्पनीको शेयर ट्रान्फरमा मिलेमतो गरेको भन्दै अख्तियारले उप–सचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेललाई पक्राउ गरको हो ।

 

यसअघि सरकारी वकिलको कार्यालयले कम्पनी रजिष्ट्रारको ६ जना कर्मचारीमाथि कार्बाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र काटेको थियो ।

 

रोकाय र पौडेललाई बुधबार नै पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् । उनका अनुसार अब उनीहरु विरुद्ध भ्रष्ट्राचार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

 

७० करोड रूपैयाँ घोटला काण्डका दोषीहरुमाथि मंगलबार नै अदालतले ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटी लिई रिहा गरेको थियो भने ८ जनालाई थुनामा राख्न आदेश दिएको थियो ।

 

गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो । सोही दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन आफैं अदालतमा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...