धरौटीमा छुटेका दुई उपसचिव तत्काल पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौं जिल्ला अदालबाट धरौटीमा छुटेका दुई उपसचिव तत्कालै पक्राउ परेका छन् ।

 

धरौटीमा छुटेका उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पुनः पक्राउ गरेको हो । भारतीय व्यवसायी रामनिरञ्जन जटहियाको शंकर इलेक्ट्रोनिक्स कम्पनीको शेयर ट्रान्फरमा मिलेमतो गरेको भन्दै अख्तियारले उप–सचिवद्धय धर्मराज रोकाय र गंगाधर पौडेललाई पक्राउ गरको हो ।

 

यसअघि सरकारी वकिलको कार्यालयले कम्पनी रजिष्ट्रारको ६ जना कर्मचारीमाथि कार्बाही प्रक्रिया अघि बढाउन अख्तियारलाई पत्र काटेको थियो ।

 

रोकाय र पौडेललाई बुधबार नै पक्राउ गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताएका छन् । उनका अनुसार अब उनीहरु विरुद्ध भ्रष्ट्राचार ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ ।

 

७० करोड रूपैयाँ घोटला काण्डका दोषीहरुमाथि मंगलबार नै अदालतले ६ जना कर्मचारीलाई ४ लाख ५० हजार धरौटी लिई रिहा गरेको थियो भने ८ जनालाई थुनामा राख्न आदेश दिएको थियो ।

 

गत भदौ १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा सीआईबीले छापा मारेको थियो । सोही दिन ४ जना कर्मचारीलाई पक्राउ गरेको थियो भने २ जना उपसचिव फरार रहेका थिए । दुई जना उपसचिवले फैसला हुन भन्दा १ दिन आफैं अदालतमा उपस्थित भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...