रेशम चौधरीलाई रिहाइ गर्न थारु कल्याणकारिणी सभाको माग



हाम्रो इकोनोमि

 

 

थारु कल्याणकारी सभाले टीकापुरा घटनाका आरोपी रेशम चौधरीलाई निःशर्त रिहाइ गर्न माग गरेको छ ।

२२ औं राष्ट्रिय महाधिबेशनबाट २२ बुँदे घोषणापत्र जारी गर्दै सभाले कैलाली क्षेत्र नं. १ बाट अध्याधिक मत प्राप्त गरी निर्वाचित भएका चौधरीलाई रिहाइ गरी अविलम्ब शपथग्रह गराउन सरकारसँग माग गरेको हो ।

सभाले अन्य सम्पूर्ण आरोपीलाई लगाइएको मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आव्हान गरेको शान्तिपूर्ण आन्दोलनमा रहस्यमय एवंम सुनियोजित ढंगले घटना भएको भन्दै थारु नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने माग गरेको हो ।

सभाले राजनीतिक घटना भएको भन्दै यसलाई राजनीतिक सहमति, संवादको आधारमा मुद्दा फिर्ता लिएर जेलबन्दीहरुको निःशर्त रिहाई गर्न माग गरेको छ ।

साथै मृतकका परिवारको रोजगारी, घाइतेहरुको औषधि उपचार, बिस्थापितहरुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनको लागि प्रधानमन्त्री, सभामुख, विपक्षी दलका प्रमुख नेताहरुलाई अल्टीमेटम सहित ज्ञापन पत्र बुझाउने सभाले निर्णय गरेको छ ।

थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटना पश्चात छानबिनका लागि बनेको देवीराम शर्मा, गृशचन्द्र लाल दासको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनलगायत सम्पूर्ण जाँचबुझ सम्बन्धी आयोगका प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नसमेत सभाले माग गरेको छ ।

टीकापुर घटनामा आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित ६ र सशस्त्र प्रहरीका दुई गरी ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...