रेशम चौधरीलाई रिहाइ गर्न थारु कल्याणकारिणी सभाको माग



 

 

थारु कल्याणकारी सभाले टीकापुरा घटनाका आरोपी रेशम चौधरीलाई निःशर्त रिहाइ गर्न माग गरेको छ ।

२२ औं राष्ट्रिय महाधिबेशनबाट २२ बुँदे घोषणापत्र जारी गर्दै सभाले कैलाली क्षेत्र नं. १ बाट अध्याधिक मत प्राप्त गरी निर्वाचित भएका चौधरीलाई रिहाइ गरी अविलम्ब शपथग्रह गराउन सरकारसँग माग गरेको हो ।

सभाले अन्य सम्पूर्ण आरोपीलाई लगाइएको मुद्दा फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आव्हान गरेको शान्तिपूर्ण आन्दोलनमा रहस्यमय एवंम सुनियोजित ढंगले घटना भएको भन्दै थारु नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने माग गरेको हो ।

सभाले राजनीतिक घटना भएको भन्दै यसलाई राजनीतिक सहमति, संवादको आधारमा मुद्दा फिर्ता लिएर जेलबन्दीहरुको निःशर्त रिहाई गर्न माग गरेको छ ।

साथै मृतकका परिवारको रोजगारी, घाइतेहरुको औषधि उपचार, बिस्थापितहरुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनको लागि प्रधानमन्त्री, सभामुख, विपक्षी दलका प्रमुख नेताहरुलाई अल्टीमेटम सहित ज्ञापन पत्र बुझाउने सभाले निर्णय गरेको छ ।

थरुहट आन्दोलनको क्रममा भएको टीकापुर घटना पश्चात छानबिनका लागि बनेको देवीराम शर्मा, गृशचन्द्र लाल दासको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनलगायत सम्पूर्ण जाँचबुझ सम्बन्धी आयोगका प्रतिवेदन अविलम्ब सार्वजनिक गर्नसमेत सभाले माग गरेको छ ।

टीकापुर घटनामा आन्दोलनकारीको आक्रमणमा परी नेपाल प्रहरीका एसएसपीसहित ६ र सशस्त्र प्रहरीका दुई गरी ८ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्