निर्मला हत्या प्रकरण, एसएसपी डिल्लिराज विष्टलाई जेल हाल्ने यस्तो छ आइजीपीको तयारी



हाम्रो इकोनोमि

 

 

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा स्थानीय प्रहरी अधिकृतको गल्ती भएको भन्दै गहन रुपमा अनुसन्धान भइरहेको स्पस्ट परेका छन् ।

 

बुधबार राज्य व्यवस्था समितिमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै आईजीपी खनालले गल्ती गर्ने कसैलाई जोगार्इ राख्न जरुरी नभएको बताए । उनले दोषी ठहरिए प्रहरीहरूलाई कडा कारबाही हुने बताए ।

 

‘अपराध गर्न र त्यसलाई लुकाउन संलग्न भेटिएका सबैलाई कारबाही हुन्छ’, उनले भने, ‘एसपी डिल्लीराज विष्ट अनुसन्धानमा दोषी देखिए भने निलम्बन मात्र हैन, जेल नै हाल्छु ।’

 

यस्ता घटनाको कोही पनि संरक्षक हुन नसक्ने भन्दै आईजीपी खनालले अपराधीलाई पक्राउ गर्न निरन्तर अनुसन्धान भइरहेको बताए । ‘मलाई पनि अहिले नै अपराधी पक्राउ परेको सुन्न मन छ’, उनले भने, ‘तर यति सहज रुपमा यो सम्भव छैन ।’

 

१३ वर्षपछि सुल्झेको ‘बडीखेल हत्या प्रकरण’ सम्झाउँदै आईजीपी खनालले अनुसन्धानमा समय लाग्ने भएको भन्दै धैर्य गर्न आग्रह गरे । ललितपुरको बडीखेलमा भएको एक व्यक्तिको हत्या प्रकरण खनालकै नेतृत्वमा १३ वर्षपछि सुल्झिएको थियो ।

 

प्रहरीमा ‘चेन अफ कमान्ड’ कायमै राखेको भन्दै खनालले आफूमाथि कुनै पनि राजनीतिक दबाव नरहेकाले अनुसन्धान प्रक्रियामा आशंका नर्गन आग्रह गरे ।

 

अभियोजन नभई अनुसन्धान चलिरहेको समयमा जनदवाव आएपछि अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति दिलिपसिंह विष्टलाई सार्वजनिक गरिएको उनले बताए ।

 

अनुसन्धान पूरा नभई गरिएको उक्त कार्यमा गल्ती भएको महानिरीक्षक खनालले स्वीकार गरे । ‘यसरी अनुसन्धान पूरा नहुँदा जनमास सम्बोधन गर्न गरिएको त्यो कार्य प्रतित्पादक भयो’, उनले भने, ‘यसमा प्रहरीको नियत गलत थिएन ।’

घटना भएको भोलिपल्टै आफूले आवश्यक निर्देशन दिएको बताउँदै आईजीपी खनालले आफूसमेत उक्त क्षेत्रमा गएर वस्तुस्थितिको अवलोकन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...