विद्यार्थीका हत्यारालाई यसरी दिईयो मृत्युदण्ड



हाम्रो इकोनोमि

 

 

चीनको शान्जी प्रान्तको एक माध्यामाकि विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थीको हत्या गर्ने एक चिनियाँ नागरिकलाई बिहीबार फाँसीको सजाय दिइएको छ।

 

स्थानीय अदालतले सो जानकारी दिएको छ। झाओ जेवेइ नाम गरेका ती व्यक्तिलाई युलिनको प्रान्तीय अदालतले यसअघि नै मृत्युदण्डको सजाय सुनाएकोमा बिहीबार सान्जी प्रान्तमा अवस्थित उच्च अदालतले सो आदेशलाई सदर गरिदिएको हो।

 

सान्जीको प्रान्तको सुप्रिम पिपुल्स् कोट (एसपीसी)ले बिहीबार उनीमाथिको मृत्युदण्डको सजायलाई सदर गरिदिएको बताइएको छ।

 

सो व्यक्तिले उक्त प्रान्तको मिझी ग्रामीण इलाकामा रहेको एक माध्यामिक विद्यालयमा गत अप्रिल २७ मा आक्रमण गरी नौ विद्यार्थीको हत्या गरेका थियो।

 

उक्त आक्रमणबाट अरू १२ जना विद्यार्थी पनि घाइते भएका थिए। गत जुलाई १० मा नै युलिनको प्रान्तीय अदालतले जाओलाई मृत्यु दण्डको सजाय सुनाएको थियो।

 

सोही विद्यालयका पूर्वविद्यार्थी रहेका २८ वर्षीय झाओले विद्यालयमा आक्रमणको योजना बनाएरै पाँचवटा चक्कु बोकेर विद्यालय पुगेका प्रहरीले जनाएको थियो।

 

झाओले बदलाको भावनाले सो आक्रमण गरेका बताइएको छ। तर उनले कोसँग र किन बदला लिनु परेको हो भन्ने बारेमा भने केही बताइएको छैन।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...