संसदमा यसरी गर्जिए माधव नेपाल, मन्त्रीहरु कहाँ छन्, गृहमन्त्री खोई ?



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।

संसदको बर्षे अधिवेशनको अन्तिम दिन सम्बोधनका क्रममा नेता नेपालले दुईतिहाइ बहुमतको सरकारको कामबारे जनस्तरमा आलोचना भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

 

‘सरकारबारे जनस्तरमा आलोचना भइरहेको छ, सरकारले गति लिन नसकेकाले यो कानले जुन जोगी आए पनि कानै चिरेका भन्ने सुन्नुपरेको छ’, नेकपा सांसदसमेत रहेका नेपालले भने, ‘भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्नमा सरकार चुक्दा आलोचना भइरहेको छ, मन्त्रीहरुले यो कुराको ख्याल गरेका छन् कि छैनन् ?’

 

नेता नेपालले नेकपाको दुईतिहाइ बहमुतसहितको सरकार हुँदा पनि भ्रष्टाचार घटेर सुशासनको महसुस नभएको जनताले गुनासो गरिरहेको पनि बताए । नेता नेपालले पत्रकार हरिबहादुर थापाले लेखेको ‘रजगज’ किताब पढ्न पनि मन्त्रीहरुलाई सुझाए ।

 

‘मन्त्रीजीहरु एक रजगज पढ्नुस, रजगज पढेपछि देशको कहाली लाग्दो अवस्था थाहा  हुन्छ’, उनले भने, ‘रजगजका कुरा अधिकांश अध्ययन गरेर खोजेर ल्याइएको छ । यसले राज्यको विभिन्न निकायको भ्रष्टचारको स्वरुप उदाङ्गो बनाएको छ। रजगज एक पटक पढ्नुस् मन्त्रीजीहरु ।’

 

सरकारको काममा कहीँ न कहीँ त्रुटी भएको औँल्याउँदै नेता नेपालले त्रुटी सच्याउन ढिला गर्न नहुने पनि जोड दिए । ‘कहाँ रह्यो त्रुटी र कहाँ रह्यो समस्या खोजी गर्नुस्’, उनले भने, ‘राम्रो काम गरेमा नेकपाको मात्रै होइन संसदको समर्थन हुन्छ, नेपाललाई भ्रष्टाचारमुक्त देश चाहिएको छ। गुणस्तरहीन कामहरुको अन्त्य चाहिएको छ नेपाललाई ।’

 

नेता नेपाल सम्बोधनका क्रममा गृहमन्त्रीमाथि आक्रोश पोखे । ‘भौगोलिक अखण्डतामाथि खुलेआमा चुनौती दिइएको छ । गृहमन्त्री र मन्त्रीहरुलाई थाहा छ कि छैन ?’, नेपालले प्रश्न गरे, ‘खुलेआम देशलाई चुनौती दिनेहरुलाई देखेर पनि गृहमन्त्री कहाँ छन् ? अझै आशा मरिसकेको छैन जीवितै छ । तर सरकारको कामलाई लिएर जनतामा गुनासो छ ।’

 

प्रतिक्रिया दिनुहोस
भारतीय प्रधानसेनापति नेपाल आउँदै

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।...

मुख्यमन्त्री फेर्ने मेरो निजी चाहना होइन : शेरधन राई

    नेकपा (एमाले) का सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, १९ जना घाइते (नामावलीसहित)

ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १९ जना...