यी हुन ९० वर्षीया हजुरआमाको वृद्धभत्ता लुट्ने नालायक नाती



हाम्रो इकोनोमि

 

अछामको साँफेबगर नगरपालिका-८ का एकजनाले हजुरआमालाई फलामको रडले हिर्काएर घाइते बनाएका छन्। साँफेनगरपालिका चण्डिकाकी ९० वर्षीया जसु भुललाई उनकै नातीले १५ वर्षीय राजन भुलले वृद्ध भत्ता लुटनका लागि फलामको रडले टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

वृद्धाको टाउको र घाँटीमा गहिरो घाउ लागेको भतिजा झंकरबहादुर भुलले जानकारी दिए। असोज ७ गते भत्ता बुझेर ल्याएको थाहा पाएपछि राजनले राति पैसाका लागि वृद्धा हजुरआमालाई मरणासन्न हुने गरी कुटपिट गरी बारीमा फ्याकेका थिए। उनलाई बारीमा रोइरहेको अवस्थामा आफन्तले उद्धार गरेको प्रहरीले जनाएको छ।

घाइते वृद्धाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा आठ टाँका लागेका छन् भने घाँटी तथा शरीर भरी नीलडाम छन्। वृद्धभत्ता ल्याएको थाहा पाएर घरमा कोही नभएको अवस्थामा भत्ता लुट्नका लागि कुटपिट गरेको पक्राउ परेका भुलले स्वीकार गरेका छन्।

हजुरआमासँग पैसा नभेटिएपछि उनी कुटपिट गरेर भागेका थिए। एक महिना अघि मात्रै ती युवकले सोही घरबाट ११ हजार चोरेका थिए। त्यति बेला आपसमै छलफल गरी कुरा मिलाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

राजनलाई प्रहरीले आवश्यक सोधपुछ गरी निगरानीमा रहने गरी आफन्तको जिम्मा लगाएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...