यी हुन ९० वर्षीया हजुरआमाको वृद्धभत्ता लुट्ने नालायक नाती



 

अछामको साँफेबगर नगरपालिका-८ का एकजनाले हजुरआमालाई फलामको रडले हिर्काएर घाइते बनाएका छन्। साँफेनगरपालिका चण्डिकाकी ९० वर्षीया जसु भुललाई उनकै नातीले १५ वर्षीय राजन भुलले वृद्ध भत्ता लुटनका लागि फलामको रडले टाउकोमा हिर्काएर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।

वृद्धाको टाउको र घाँटीमा गहिरो घाउ लागेको भतिजा झंकरबहादुर भुलले जानकारी दिए। असोज ७ गते भत्ता बुझेर ल्याएको थाहा पाएपछि राजनले राति पैसाका लागि वृद्धा हजुरआमालाई मरणासन्न हुने गरी कुटपिट गरी बारीमा फ्याकेका थिए। उनलाई बारीमा रोइरहेको अवस्थामा आफन्तले उद्धार गरेको प्रहरीले जनाएको छ।

घाइते वृद्धाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा आठ टाँका लागेका छन् भने घाँटी तथा शरीर भरी नीलडाम छन्। वृद्धभत्ता ल्याएको थाहा पाएर घरमा कोही नभएको अवस्थामा भत्ता लुट्नका लागि कुटपिट गरेको पक्राउ परेका भुलले स्वीकार गरेका छन्।

हजुरआमासँग पैसा नभेटिएपछि उनी कुटपिट गरेर भागेका थिए। एक महिना अघि मात्रै ती युवकले सोही घरबाट ११ हजार चोरेका थिए। त्यति बेला आपसमै छलफल गरी कुरा मिलाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

राजनलाई प्रहरीले आवश्यक सोधपुछ गरी निगरानीमा रहने गरी आफन्तको जिम्मा लगाएको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ