जनताका आकांक्षा पुरा गर्न असफल हुन्छौं कि भन्नेमा पार्टीपंक्ति चनाखो छ : अध्यक्ष दाहाल



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पुराना ऐन, कानून तथा निति परिवर्तन गरेर भए पनि देशलाई समृद्ध बनाउनु पर्ने बताउनुभएको छ ।

 

नेपाल पर्यटन यातायात व्यवसायी संघको १५ औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा  उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पुराना कानून र ऐनलाई समयानुकुल परिवर्तन गरी बिकास निर्माणको यात्रालाई निरन्तरता दिनु पर्ने बताउनुभएको हो ।

 

पुरानो ऐन कानूनका कारण मुलुकमा अन्तरबिरोध बढ्दै गएको भन्नु हुँदै अध्यक्ष प्रचण्डले पञ्चायतकालिन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

 

उहाँले बर्तमान सरकार जनताको आकांक्षा पुरा गर्न असफल हुन्छ कि भन्ने तर्फ पार्टीपंक्ति चनाखो रहेको बताउनुभयो ।

 

मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको बिकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यमको रुपमा मात्र नलिइ प्रोत्साहन गर्ने निति लिनुपर्ने बताउनु भयो ।

 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल सन् २०२० लाई सफल बनाउन मन्त्रालय सक्रिय रहेको बताउनु भयो ।

 

उहाँले पर्यटनसँग जोडिएका सबै प्रकारका व्यवसाय मर्यादित र  व्यवस्थित हुनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...