जनताका आकांक्षा पुरा गर्न असफल हुन्छौं कि भन्नेमा पार्टीपंक्ति चनाखो छ : अध्यक्ष दाहाल



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पुराना ऐन, कानून तथा निति परिवर्तन गरेर भए पनि देशलाई समृद्ध बनाउनु पर्ने बताउनुभएको छ ।

 

नेपाल पर्यटन यातायात व्यवसायी संघको १५ औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा  उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पुराना कानून र ऐनलाई समयानुकुल परिवर्तन गरी बिकास निर्माणको यात्रालाई निरन्तरता दिनु पर्ने बताउनुभएको हो ।

 

पुरानो ऐन कानूनका कारण मुलुकमा अन्तरबिरोध बढ्दै गएको भन्नु हुँदै अध्यक्ष प्रचण्डले पञ्चायतकालिन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभयो ।

 

उहाँले बर्तमान सरकार जनताको आकांक्षा पुरा गर्न असफल हुन्छ कि भन्ने तर्फ पार्टीपंक्ति चनाखो रहेको बताउनुभयो ।

 

मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको बिकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यमको रुपमा मात्र नलिइ प्रोत्साहन गर्ने निति लिनुपर्ने बताउनु भयो ।

 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल सन् २०२० लाई सफल बनाउन मन्त्रालय सक्रिय रहेको बताउनु भयो ।

 

उहाँले पर्यटनसँग जोडिएका सबै प्रकारका व्यवसाय मर्यादित र  व्यवस्थित हुनुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...