प्रधानमन्त्री ओलीले न्युयोर्कबाट यस्तो ‘सरप्राइज’ सन्देश दिदैछन्



हाम्रो इकोनोमि

 

 

न्युयोक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई ध्यानाकर्ष गराउँदै नयाँ (सरप्राइज) सन्देश दिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहेको बताएका छन् ।

प्रमुख सल्लाहकार रिमालले रासस र नेपाल टेलिभिजनसँग कुरा गर्दै न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसकेकोे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएको र अन्य केही नेताले उनीसँग भेट गर्न चाहेको जानकारी दिए ।

उनले प्रधानमन्त्री ओलीको अमेरिकामा बसोवास गर्ने केही नागरिक समुदायसँग पनि भेट भएको जानकारी दिंदै प्रधानमन्त्रीको नयाँ कार्यक्रम बनेको र समय मिलाउने काम भइरहेको बताए । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औंं अधिवेशनमा भाग लिन यहाँ आएका हुन् । उनी विभिन्न मुलुकका नेतासँग वार्ता तथा छलफलमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...