प्रधानमन्त्री ओलीले न्युयोर्कबाट यस्तो ‘सरप्राइज’ सन्देश दिदैछन्



हाम्रो इकोनोमि

 

 

न्युयोक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई ध्यानाकर्ष गराउँदै नयाँ (सरप्राइज) सन्देश दिने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले प्रधानमन्त्रीले लोकतन्त्रतर्फको अविचलित निष्ठा तथा प्राथमिकता, आफ्नै तरिकाले समस्या समाधान गर्ने नेपाली जनताको रचनात्मक क्षमता तथा समृद्ध तथा सुखी नेपालीको नाराका विषयमा अन्य मुलुकका नेतालाई सन्देश दिन चाहेको बताएका छन् ।

प्रमुख सल्लाहकार रिमालले रासस र नेपाल टेलिभिजनसँग कुरा गर्दै न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसकेकोे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएको र अन्य केही नेताले उनीसँग भेट गर्न चाहेको जानकारी दिए ।

उनले प्रधानमन्त्री ओलीको अमेरिकामा बसोवास गर्ने केही नागरिक समुदायसँग पनि भेट भएको जानकारी दिंदै प्रधानमन्त्रीको नयाँ कार्यक्रम बनेको र समय मिलाउने काम भइरहेको बताए । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औंं अधिवेशनमा भाग लिन यहाँ आएका हुन् । उनी विभिन्न मुलुकका नेतासँग वार्ता तथा छलफलमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...