अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री



हाम्रो इकोनोमि

 

असल छिमेकी नेपालले हुम्लाका विभिन्न विद्यालयमा हिमाली बहिरा तथा बौद्धिक अपङ्गता बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

सिमकोट तल्लो बजारमा अपङ्गता होस्टेलमा बसेर बालमन्दिर माविमा अध्ययनरत ५७ बौद्धिक बालवालिकालाई स्कूल झोला, विद्यालय पोशाक, स्टेशनरी सामग्री हस्तान्तरण गरिएको संस्थाकी जिल्ला संयोजक लामाले बताउनुभयो ।

संस्थाले श्री पञ्चमुखी हिमाल प्रावि ठेहेमा अध्ययन गर्ने २०० छात्रछात्रालाई स्कूल पोशाक, स्टेशनरी सामग्री प्रधानाध्यापक कालीबहादुर भण्डारीलाई संस्थाकी संयोजक क्याम्म लामाद्वारा हस्तान्तरण गरिएको छ ।

सिमकोट गाउँपालिका–२ मा रहेको विद्यालयका विद्यार्थीलाई चाहिने सामग्री वितरण गरेको छ ।

असल छिमेकी नेपालको शिक्षासँग कार्यक्रम भएकाले पनि अझै जिल्लाका अन्य विद्यालयमा पोशाक, स्टेशनरी, स्कूल झोलालगायत अन्य सामग्री वितरण गरिने संस्थाकी संयोजक लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...