अख्तियारले यी दुई ठूला माछा पक्राउ पर्ने !



 

अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार र नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई उच्च निगरानीमा रोखेको छ ।

 

कंशाकार र झाको गतिविधिलाई आन्तरिक रुपमा छानविन गर्दै आएको अख्तियारले समात्ने तयारीमा रहेको स्रोतले जनाएको छ । कंशाकार र झा दुवैले पदीय दुरुपयोग गर्दै अर्बौं रुपैयाँ घोटाला गरेको आरोप छ । उनीहरुका विरुद्ध अख्तियारमा मुद्धाहरु परेका छन् ।

 

कंशाकारमाथि एअरबस ३३०—२०० सेरिजका २ थान ‘वाइड बडी’को खरिदमा आउने कमिशन र उत्पादक कम्पनीले दिने छुटमा ब्रम्हलुट मच्चाएको अभियोग छ । ‘वाईड बडी’ खरिदमा कंशकारले अर्बौ रुपैयाँ हिनामिना गरेको स्रोतको दाबी छ ।

 

कंशाकारले २०७४ चैत २० गते निगमले खरिद गर्न लागेका एअरबसको दुई ठूला विमानमा लाग्ने चार थान इञ्जिनको मर्मतसम्भारको ठेक्का यसको निर्माता रोल्सरोयसलाई डेढ दशकको लागि दिने घोषणा गरेसँगै यसप्रति प्रश्न उठाउन सुरु भएको थियो ।

 

नेपालको एकमात्रै राष्ट्रिय ध्वजावाहक संस्थाको प्रमुख व्यक्तिले यस्तो ब्रम्हलुट मच्चाईरहँदापनि वर्तमान सरकार, त्यो पनि ईतिहाँसकै शक्तिशाली सरकार मुकदर्शक बनेको भन्दै जनताले आलोचना समेत गर्न सुरु गरेका छन् ।

 

कंशाकारले निगमको प्रमुख भएर पदीय जिम्मेवारी सम्हाल्नुभन्दापनि आर्थिक चलखेलमा आवद्ध हुनु शंकास्पद देखिएको छ । हालसालै महालेखापरीक्षकले विमान खरिदमा अनियमितता भएको दाबी गरेको छ ।

 

महालेखापरीक्षक टंकमणि शर्माले नेपाल वायुसेवा निगमका सञ्चालक समितिका पदाधिकारीसहित महाप्रबन्धक र उच्च अधिकृतलाई राखेर यसका बारेमा छलफल गरेका थिए । कंशकारमाथि वाईड बडी खरिदमा ६ अर्बभन्दा बढि घोटाला गरेको आरोप छ ।

 

विमान खरिदको विषयमा भएको अनियमितता छानविन गर्न पर्यटन मन्त्रालयले पनि आन्तरिक रुपमा छानविन समिति बनाएको छ ।

 

सरकारले यसअघि हटाएका नेपाल दुरसंचारका पूर्वअध्यक्ष दिगम्बर झाफेरि अध्यक्ष भएका छन् । उनको नियुक्तिको विषयमा अहिले विभिन्न टिकाटिप्पणी भैरहेको छ ।

 

दुरसंचार क्षेत्रको नियमक प्राधिकरणको अध्यक्ष छनौट गर्न बनेको समितिले सूचना आव्हान गरेपछि खुल्ला प्रतिस्पर्धामा झाले पनि आवेदन दिएका थिए । हालै बसेको मन्त्रिपरिषदको बैठकले उनलाई पुनः अध्यक्षमा नियुक्त गरेको थियो ।

 

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वमा सरकार गठन भएसँगै संचार मन्त्रालयले झालाई अविश्वास गर्दै कुनै पनि काम अघि नबढाउन निर्देशन दिएको थियो । त्यति मात्रै होइन झालाई बर्खास्त गरिएको थियो ।

 

आँफैले हटाएको व्यक्तिलाई पुनः सोही पदमा ल्याउनु भनेको झाले ठूलो चलखेल गरेको अनुमान गर्न थालिएको छ । झाले एनसेललाई फोरजी दिने बेला अर्बौ रुपैयाँ घोटाला गरेको गम्भीर आरोप छ ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

    सीजी डिजिटलले आफ्नो ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निशुल्क कुकिङ

तिब्बतमा भूकम्पमा परेर मृत्यु हुनेको संख्या ५३ पुग्यो

  आजको तिब्बत केन्द्र बनाएर नेपाल, भारत, भुटान तथा बंगलादेशमा कम्प महसुस भएको