घुन्सा दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना



हाम्रो इकोनोमि

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १२ वर्ष पूरा भएको सन्दर्भमा सदरमुकाम फुङलिङमा स्मृतिसभा गरिएको छ । दुर्घटनामा निधन भएकाहरुको सम्झनामा आज सदरमुकाम फुङलिङस्थित संरक्षण स्मृति पार्कमा रहेका शालिकमा माल्यार्पण र दिप प्रज्वलन गरियो ।

 

२०६३ साल असोज ७ गतेको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालिन सचिव डा. दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल सहित २४ जनाको निधन भएको थियो ।

 

सोही घटनाको सम्झनामा प्रत्येक वर्ष वातावरण संरक्षण तथा विकास मञ्चको आयोजनामा स्मृति तथा श्रद्धाञ्जलीसभा गरिँदैआएको छ । साथै सरकारले सोही दिनको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउदैआएको छ ।

 

यही सन्दर्भमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि स्मृति कार्यक्रमको आयोजना गरेको छ । ०६३ साल असोज ७ गते वनको संरक्षण तथा व्यवस्थापनको जिम्मा समुदायलाई हस्तान्तरण गरी उक्त टोली र्फकने क्रममा घुन्साको फले पहाडमा ठोकिएर हेलिकप्टर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...