बालक मृत्यु प्रकरण छानबिन गर्न समिति गठन, तोडफोडपछि बन्द अञ्चल अस्पताल खुल्याे



 

 

उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित अभिभावकका कारण ठप्प भएको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको स्वास्थ्य सेवा आज (आइतबार) बाट चालु भएको छ ।

सर्पले टोकेर अस्पताल भर्ना गरिएका सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजार निवासी अशोक साहका डेढ वर्षीय छोरा सिद्धार्थको मृत्युको विषयलाई लिएर उनका आफन्तले तोडफोड र स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेपछि शनिबार अस्पतालको सेवा अवरुद्ध गरिएको थियो ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, अस्पतालका मेसु डा चुमनलाल दास, सप्तरीका एसपी राजेन्द विष्ट तथा मृतक बालकका आफन्तसहितको शनिबारै सम्पन्न सर्वपक्षीय बैठकले घटनाको छानबिन गरी दोषी देखिएकालाई कारबबाही गर्ने सहमति गरेपछि अस्पतालको सेवा सुचारु भएको मेसु दासले जानकारी दिएका छन् ।

राति अबेरगरी सम्पन्न बैठकले राजविराज नगरपालिकाका मेयर यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा जिल्ला प्रहरी कार्यालयका १ जना प्रहरी निरिक्षक, अस्पतालका एक जना चिकित्सक, पूर्व सांसद सूर्यनाथ यादव, गैरसरकारी संस्था महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्रकुमार खड्कालाई सदस्य तोकिएको छ।

सहमतिअनुसार मृतक बालकको शव आजै पोष्टमार्टम गरिने छ । बैठकको निर्णय लगत्तै अस्पतालको कामकाज सुरु भएको मेसु दासले जानकारी दिए । बालक सिद्धार्थलाई गत शुक्रबार राति सर्पले टोकेको थियो ।

सिकिस्त अवस्थामा रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गरिएका बालकको उपचार हुन नसकेपछि सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको थियो । चिकित्सकले बालकको मृत्यु भइसकेको घोषणा गरे पनि शनिबार बिहान बिरामीका आफन्तले डाक्टरको लापर्वाहीले बालकको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड गरेका थिए ।

त्यसपछि आफन्तले पोष्टमार्टम कक्षबाट बालकको शव झिकेर सिराहाको मिर्चैया नगरपालिका चोहरबास्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए । त्यहाँ पनि बालकको मृत्यु भएको घोषणा गरिएपछि शव फर्काएर पुनः सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा