अपशब्द प्रयोग गरेको भन्दै पूर्वडिएसपीविरुद्ध बुहारीको ठाडो उजुरी



 

 

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत् जेठाजुले बुहारीलाई आपत्तिजनक अपशब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलाई प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काइदिएका हुन्।

 

आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो।

 

नेपाल प्रहरीका पूर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपित्तजनक शब्दको ‘स्क्रिनसर्ट’ प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन्। तर, महाशखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन्। समुना पूर्वडिएसपी खड्काका आफ्नै भाइ दिलीपकुमार खड्काकी श्रीमती हुन्।

 

पूर्वडिएसपी कृष्णकुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेको भन्दै उनकी भाइबुहारी समुना खड्काले प्रहरी अपराध महाशाखामा उजुरी दिएकी हुन्।

विवाह गरेको २५ वर्षपछि बोक्सीको आरोप लगाएर कुटपिट गरी नेपालगन्जस्थित घरबाट निकालेपछि हाल समुना बानेश्वरमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी छन्।

 

जेठाजु खड्काले आफूलाई समााजिक सञ्जालमार्फत् पहिलेदेखि गाली गर्दै आएको तर, पछिल्लो समय सहनै नसक्ने अपशब्द प्रयोग गरेकाले प्रहरीको शरणमा पुगेको पीडित समुनाले बताइन् ।

 

उनका अनुसार सुरुमा प्रहरीले राम्रो व्यवहार गरेका थिए। ‘डाँगी सरले सुरुमा तपाईंलाई सहयोग गरौंला भन्नुभयो, फेसबुक ह्याक गरेको छ कि छैन, त्यो हेनुपर्छ भन्नुभयो।

 

मलाई म्यासेन्जरमा म्यासेज पठाएको दिन ह्याक भएको रहेनछ, म पक्राउ गर्छु भन्नुभएको थियो तर, मेरो जेठाजु कृष्णकुमार खड्का महाशाखामा हाजिर भएपछि मलाई उल्टै हप्काएर पठाउनु भयो, मेरो गल्ती भए मलाई सजाय दिनुस् होइन भने गल्ती गर्ने व्यक्तिलाई सँगै राखेर कुरा त गराइदिनुस्, उहाँले किन त्यसो गरेको हो म सोध्छु भन्दा पनि मलाई थुनिदिने धम्की दिएर फर्काउनु भयो’, समुनाले  भनिन्।

 

समुनाका अनुसार बोक्सीको आरोप लगाई घरबाट निकालेलगत्तै खड्काले उनलाई वेश्यावृत्ति गरेको आरोप लगाएका थिए । ‘मैले प्रहरीसँगकै छलफलमा धेरैपटक समझदारी गरी छोराछोरी पढाएर बसेको थिएँ, गत साल पनि बाँकेमा एसपी टेकबहादुर राईले सहयोग गर्नुभयो।

 

उहाँकै आग्रहमा चुप लागेर बसेको थिएँ तर, जेठाजुले यो हर्कत गर्दा मैले कसरी सहने ? छोराछोरीको मनमा कस्तो भावना उत्पन्न होला,’ उनले भनिन्।

 

तर पूर्वडिएसपी कृष्णबहादुर खड्काले भने समुनाको फेसबुक म्यासेन्जरमा गएको म्यासेज आफूले नपठाएको दाबी गरेका छन्। आफ्नो फेसबुक आइडी कसैले चलाएको हो वा फेक आइडी बनाएर त्यस्तो म्यासेज पठाएको हुन सक्ने उनले बताए ।

 

‘म पूर्वप्रहरी पनि हुँ। उनी मेरो फ्रेन्डलिस्टमा पनि छैनन् फ्रेन्डलिस्ट नभएको मानिसलाई मैले कसरी म्यासेज पठाउँछुरु ?,’ उनले भने, ‘उनलाई म्यासेज पठाउने मेरो न कुनै उद्देश्य छ न मलाई कुनै फाइदा छ।’

 

उनका अनुसार यसअघि पनि उनको फेसबुकबाट म्यासेज पठाएर यस्तै काम भएको थियो। ‘उनी मेरी भाइबुहारी हुन्, भाइसँग अंशमुद्दा चलिरहेको छ। तीन वर्षदेखि भाइसँग छुट्टिएर काठमाडौतिर बसेकी छन् यो सबै सम्पत्तिका लागि हो,’ पूर्वडिएसपी खड्काले नागरिकसँग भने, ‘म बुझेको मान्छेले किन यस्तो लेख्छु रु’ उनले थपे, ‘उनीसँग दुई वर्षअघि पनि यस्तै मुुद्दा चलेको थियो, मुद्दा टुंगिने बेला मलाई यस्तो आरोप आइलागेको हो।’

 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले उनीहरूबीच अंश मुद्दा पनि चलिरहेको र फेसबुक ह्याक गरेर कसैले म्यासेज पठादिएको भन्ने कुरा आएका कारण थप अनुसन्धान गर्नुपर्ने बताए।

 

‘पूर्वडिएसपी पनि भएका कारण उसले हामीलाई फेसबुक ह्याक भएको र अरू कसैले यस्तो गलत म्यासेज गरेको रहेछ भनेकाले थप अनुसन्धान गर्नुपर्ने देखियो। त्यसकारण यसमा थप अनुसन्धान भइरहेको छ,’ एसएसपी सिंहले भने, ‘पूर्वडिएसपी भनेर हामीले छोडेको होइन, भनेको बेलामा आउने सर्तमा छाडेका हौं।’  नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा