विषाक्त रक्सीबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो



हाम्रो इकोनोमि

 

मलेसियामा  विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ८ पुगेको छ । यसअघि विषाक्त मदिरा सेवनबाट ६ जनाको ज्यान गएकोमा थप दुईको उपचारका क्रममा मृत्यु भएको हो ।

 

मलेसियास्थित नेपाली राजदूतावासका अनुसार उपचारका क्रममा ज्यान गुमाउनेमा देउराली–८, नवलपरासीका दुर्गा राना र वागमती नगरपालिका–८, सर्लाहीका शंकर ठकुरी छन् । रानाको सुगाईवुला र ठकुरीको सेरेम्वान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

 

अवैधानिक अवस्थामा रहेका ठकुरीले अस्पतालमा उपचार गराउँदा सुवास भण्डारीको परिचय दिएका भए पनि उनको खास नाम शंकर ठकुरी रहेको उनका एक आफन्तले अनलाइनखबरलाई बताए ।

 

यसैबीच, विभिन्न अस्पतालमा उपचार गराइरहेका १२ मध्ये चार जनाको अवस्था अझै छ गम्भीर छ । दूतावासका अनुसार सात जनाको स्वास्थमा भने सुधार भएको छ ।

 

सेरेम्वान अस्पतालमा उपचारपछि एक नेपाली भने फर्किएका छन् । ती नेपालीले नाम उल्लेख नगर्ने सर्तमा अब रक्सीको नाम पनि नलिने बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...