शिक्षक परीक्षाको तयारी पूरा, सबै केन्द्रमा पुगिसक्यो उत्तरपुस्तिका



हाम्रो इकोनोमि

 

काठमाडौं, ५ असोज । शिक्षक सेवा आयोगले यही असोज ११ गतेदेखि सन्चालन हुन थालेको शिक्षकको परीक्षाको तयारी पूरा गरेको छ ।

आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले परीक्षा सन्चालनको सबै काम सकिएकाले ढुक्क भएर परीक्षामा सामेल हुन परीक्षार्थीलाई समेत आग्रह गरेका छन् ।

यही असोज ११ गते माध्यमिक तह, १२ गते निम्नमाध्यमिक तह र १३ गते प्राथमिक तहको परीक्षा हुँदैछ । उनकाअनुसार सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाइसकेको छ भने प्रश्नपत्र परीक्षा हुनुभन्दा एक दिन अगाडि मात्र पुग्नेछ ।

शनिबारदेखि सोमबारसम्म शिक्षा विकास तथा जिल्ला समन्वयका प्रमुख र केन्द्राध्यक्षलाई परीक्षा सन्चालन र व्यवस्थापनसम्बन्धी तालिमसमेत दिइने उनले जानकारी गराए । परीक्षामा ३४ जिल्लामा एक हजार २३२ परीक्षाकेन्द्र स्थापना गरिएको छ ।

परीक्षा सन्चालन गर्नका लागि एक हजार २३२ केन्द्राध्यक्ष र दुई हजार ४६४ सहायक केन्द्राध्यक्षसहित करिब १४ हजार कर्मचारी आवश्यक पर्ने उनले बताए । परीक्षामा १२ हजार ७३९ पदका लागि करिब दुई लाख ७५ हजार परीक्षार्थी रहेका छन् ।

प्राविमा एक लाख ५५ हजार, निमाविमा ८१ हजार र माविमा ३९ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।
परीक्षालाई मर्यादित बनाउनका लागि जुन जिल्लाबाट परीक्षा फाराम भरेको हो, सोही जिल्लाबाट परीक्षा दिन नपाइने नयाँ व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...