खुर्सिद आलम अन्सारी हत्या अनुसन्धान गर्न समिति गठन



हाम्रो इकोनोमि

 

सुनसरीका खुर्सिद आलम अन्सारी हत्या घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

 

अन्सारीमाथि हिजो बिहान हरिनगरा गाउँपालिकामा–२ भुटाहा बजारमा गोली प्रहार भएको थियो । बायाँ छातीमा दुई र टाउकोमा एक गोली लागेका अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो ।

समितिका अन्य सदस्यमा सशस्त्र प्रहरीका एसपी रेशमकुमार थम्सु, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक तुलसी प्रसाईं, प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।

 

समितिलाई १५ दिनमा घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन पेस गर्न गृहले निर्देशन दिएको छ । गृहले केन्द्रीय अनुसन्धान ब्युरोको सीआईवीको अर्को टोलीलाई समेत घटना अनुसन्धानका लागि खटाउने निर्णय गरेको छ ।

 

यसबवीच, गृहमन्त्री रामबहादुर थापाले मृतकका परिवार एवं पीडित पक्षलाई आफूसँग भेटघाट गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।  स्थानीय रौयान नेशनल पब्लिक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अन्सारी विद्यालयको बैठक सकेर घर फर्कने क्रममा आक्रमणमा परेका हुन् ।

 

हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीको कमजोरीले हत्यारा पक्राउ नपरेका भन्दै पीडित परिवार र स्थानीय आन्दोलित छन् ।

 

प्रतिक्रिया दिनुहोस
भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...

डुङ्गा दुर्घटना हुँदा भारतमा ११ जनाको मृत्यु

    भारतमा भएको डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या ११ पुगेको छ ।...