खुर्सिद आलम अन्सारी हत्या अनुसन्धान गर्न समिति गठन



हाम्रो इकोनोमि

 

सुनसरीका खुर्सिद आलम अन्सारी हत्या घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

 

अन्सारीमाथि हिजो बिहान हरिनगरा गाउँपालिकामा–२ भुटाहा बजारमा गोली प्रहार भएको थियो । बायाँ छातीमा दुई र टाउकोमा एक गोली लागेका अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो ।

समितिका अन्य सदस्यमा सशस्त्र प्रहरीका एसपी रेशमकुमार थम्सु, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक तुलसी प्रसाईं, प्रदेश १ का आन्तरिक मामिला मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य र जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत राजन पाण्डे छन् ।

 

समितिलाई १५ दिनमा घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन पेस गर्न गृहले निर्देशन दिएको छ । गृहले केन्द्रीय अनुसन्धान ब्युरोको सीआईवीको अर्को टोलीलाई समेत घटना अनुसन्धानका लागि खटाउने निर्णय गरेको छ ।

 

यसबवीच, गृहमन्त्री रामबहादुर थापाले मृतकका परिवार एवं पीडित पक्षलाई आफूसँग भेटघाट गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ ।  स्थानीय रौयान नेशनल पब्लिक स्कुलका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका अन्सारी विद्यालयको बैठक सकेर घर फर्कने क्रममा आक्रमणमा परेका हुन् ।

 

हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीको कमजोरीले हत्यारा पक्राउ नपरेका भन्दै पीडित परिवार र स्थानीय आन्दोलित छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...