दशैंका लागि टिकट बुकिङ स्थगित हुँदा यात्रु मर्कामा, यातायात व्यवसायी भन्छन्– हामीलाई मतलब छैन



हाम्रो इकोनोमि

 

 

शुक्रबार विहान दशैंको लागि टिकट काँट्न बसपार्क गएका सर्वसाधरण टिकट काउन्टर नखुलेपछि निरास हुँदै फर्किएका छन् ।

दशैंका लागि लामो दुरीको टिकट लिनका लागि बसपार्क पुगेका यात्रुहरु व्यवसायीले अग्रिम टिकट बुकिङ स्थगित गरेको थाहा नपाएको बताएका छन् ।

यता, यातायात व्यवसायीहरुले आफ्ना कारण भन्दापनि सरकारका कारणले टिकट बुकिङ खोल्न नसकिएको बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले व्यवसायीहरुको रोक्का गरिएको खाता नखोलिदिएसम्म बुकिङ खोल्न नसक्ने चेतावनी दिए । उनले भने, ‘हामी रोक्का भएको खाता नखुल्दासम्म बुकिङ खोल्दैनौं । किनभने, खोल्नु मात्रै महत्त्वपूर्ण होइन । यात्रुहरुको सुरक्षित यात्राको ग्यारेन्टी दिलाउन सक्नुपर्छ । यसबाहेकको कुरा सरकारलाई सोध्नुस् । सरकारलाई सहयोग गर्ने हाम्रो कुरा नसुन्ने मिडियालाई सोध्नुस् । हामीलाई मतलबको कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...