अमेरिकी गोलीकाण्ड : चार जनाको मृत्यु



हाम्रो इकोनोमि

 

 

अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। गोली चलाउने महिलाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ।

औषधिको गोदामघरमा सहकर्मीहरुबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो। उक्त घटनामा अरु तीनजना गम्भीर घाइते भएका छन्।

स्थानीय प्रहरी अधिकारी जेफ्री गाहलरले बाल्टीमोर निवासी स्नोचिया मोसेलीले चलाएको अन्धाधुन्ध गोलीबाट तीन जनाको मृत्यु भएको र केही घाइते भएको जानकारी दिए। प्रहरीले उक्त गोलीकाण्ड हुनुको मुख्य कारणको अनुसन्धान शुरु गरेको जनाएको छ।

विगत दुई दिनभित्रै संयुक्तराज्य अमेरिकामा भएको यो तेस्रो ठूलो गोलीकाण्ड हो। बुधबार पनि विस्कन्सिन राज्यमा अन्धाधुन्ध गोली चलाउँद तीन जना गम्भीर घाइते भएका थिए भने पेन्सिलभेनियामा भएको एक अर्को घटनामा एक व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...