चालक र सरकारबीच वार्ता गर्ने यस्तो भयो सहमति



हाम्रो इकोनोमि

 

 

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग वार्ता गर्ने भएको छ। समितिले मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी व्यवस्था संशोधनको माग राख्दै विरोध प्रदर्शन गर्दै आएको छ।

 

 

जिल्ला प्रशासन कार्यालय बाराको सक्रियतामा बिहीबार जितपुरमा भएको छलफलमा समिति र प्रशासनबीच काठमाडौंमा शुक्रबार वार्ता गर्ने सहमति भएको हो। समितिले ऐन संशोधन नभएसम्म आन्दोलन फिर्ता नगर्ने अडान लिएपछि प्रशासनले वार्ताको वातावरण बनाएको हो। प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र संघर्ष समितिका संयोजक बसन्त शर्मालगायत उपस्थित बैठकमा चारबुँदे सहमतिसमेत भएको छ।

समितिले राखेको १५ बुँदे माग सम्बन्धित मन्त्रालयमा पठाउने, कानुन तथा न्याय मन्त्रालयमार्फत कानुन संशोधन समितिमा पठाउने, कानुन संशोधन गराउन संघर्ष समितिका पदाधिकारी सम्बन्धित मन्त्रालयमा जाने र समितिले आन्दोलनका कार्यक्रम स्थगन गर्ने सहमति भएको जनाइएको छ।

समितिका संयोजक शर्माले छलफल सकारात्मक भएकाले आफूहरु वार्ताका लागि काठमाडौं जान तयार भएको प्रतिक्रिया दिए। ‘ऐन संशोधनका विषयमा सम्बन्धित मन्त्रालयसँग वार्ता गर्ने सहमति भयो। हामीले यसलाई सकारात्मक रुपमा लिएका छौं’, उनले भने, ‘वार्ता पनि सकारात्मक भए आन्दोलनका कार्यक्रम फिर्ता लिनेछौं।’ गाडी नचलाउने निर्णय यथावत रहेको र अन्य संघर्षका कार्यक्रम भने तत्कालका लागि स्थगन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...