झाक्रीको भर पर्दा ४१ वर्षीय पुडासैनीको मृत्यु



हाम्रो इकोनोमि

 

 

हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी ४१ वषिर्या साबित्री पुडासैनीको हेटौंडा १४ स्थित ओमबाबा आश्रममा मंगलबार झारफुकका क्रममा मृत्युभयो ।

 

छोपुवा व्यथा झारफुक बिधिबाट उपचार गराउन सोमबार आश्रम पुगेकी साबित्रीले एक दिनपछि ज्यान गुमाइन् । आश्रममा बाबाका भक्तले खान दिएको १० बोतल पानी पिउादा बेहोस भएकी सबित्रीको चार घण्टासम्म होस खुलेन ।

 

समयमै अस्पताल लैजान समेत नदिएका कारण आमाको ज्यान गएको साबित्रीकी छोरी निशाको भनाइ छ ।

सबित्रीका परिवारले गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ओमबाबालाई हिरासतमा राखेको छ ।

 

शब पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । ओमबाबा आश्रमका प्रतिनिधिले भने साबित्रीको मृत्यु आश्रममा नभएको दाबी गरेका छन् ।

 

मुलुकी फौजदारी कार्यबिधि संहिता ऐन २०७४ मा इलाज सम्बन्धी कसुरको व्यवस्था अनुसार कानूनद्वारा अधिकार प्राप्त ब्यक्तिले मात्र उपचार गर्न पाउाछन् ।

 

टोलैपिच्छे माता, बाबा र धामीझााक्री रोग निको पार्ने बहानामा ठगी धन्दा गरिरहेका छन् । यस्ता, प्रबृत्तिलाई निरुत्साहित गर्न नसक्दा थुप्रैले अकालमा ज्यान गुमाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...