झाक्रीको भर पर्दा ४१ वर्षीय पुडासैनीको मृत्यु



हाम्रो इकोनोमि

 

 

हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी ४१ वषिर्या साबित्री पुडासैनीको हेटौंडा १४ स्थित ओमबाबा आश्रममा मंगलबार झारफुकका क्रममा मृत्युभयो ।

 

छोपुवा व्यथा झारफुक बिधिबाट उपचार गराउन सोमबार आश्रम पुगेकी साबित्रीले एक दिनपछि ज्यान गुमाइन् । आश्रममा बाबाका भक्तले खान दिएको १० बोतल पानी पिउादा बेहोस भएकी सबित्रीको चार घण्टासम्म होस खुलेन ।

 

समयमै अस्पताल लैजान समेत नदिएका कारण आमाको ज्यान गएको साबित्रीकी छोरी निशाको भनाइ छ ।

सबित्रीका परिवारले गरेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ओमबाबालाई हिरासतमा राखेको छ ।

 

शब पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । ओमबाबा आश्रमका प्रतिनिधिले भने साबित्रीको मृत्यु आश्रममा नभएको दाबी गरेका छन् ।

 

मुलुकी फौजदारी कार्यबिधि संहिता ऐन २०७४ मा इलाज सम्बन्धी कसुरको व्यवस्था अनुसार कानूनद्वारा अधिकार प्राप्त ब्यक्तिले मात्र उपचार गर्न पाउाछन् ।

 

टोलैपिच्छे माता, बाबा र धामीझााक्री रोग निको पार्ने बहानामा ठगी धन्दा गरिरहेका छन् । यस्ता, प्रबृत्तिलाई निरुत्साहित गर्न नसक्दा थुप्रैले अकालमा ज्यान गुमाइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...