ट्रम्पले भने यौन शोषणको आरोपमा सत्यता छैन



हाम्रो इकोनोमि

 

 

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा मनोनयन गरिएका ब्रेट काभानाघमाथि एक महिलाले लगाएको यौन शोषणको आरोपमा सत्यता रहेजस्तो आफूलाई नलागेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि ब्रेट काभानाघलाई सिफारिस गर्नुभएको छ र उहाँका सम्बन्धमा अमेरिकी सिनेटको न्यायिक समितिमा हप्तौंदेखि सुनुवाइ भइरहेको छ । आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै न्यायाधीश नियुक्ति गरिसक्ने राष्ट्रपति ट्रम्पको योजनामा यस प्रकरणले ठूलो समस्या निम्त्याइरहेको छ ।

आरोप लगाउने महिलाले यौन शोषणका सम्बन्धमा विश्वसनीय आधार प्रस्तुत गर्न सके “हामीले निर्णय गर्नुपर्ने हुन्छ”, राष्ट्रपतिले भन्नुभएको छ ।

ट्रम्पले काभानाघ एकजना कुशल व्यक्ति रहनुभएको बताउँदै उहाँबाट कुनै विपरीत कार्य होला भन्ने अनुमान गर्न पनि नसकिने बताउनुभयो ।

काभानाघका सम्बन्धमा न्यायिक समितिमा सोमबार सुनुवाइ हुँदैछ । समितिको बैठकमा काभानाघ र यौन शोषण भएको भन्दै खुला चुनौती दिने क्यालिफोर्निया कलेजका प्राध्यापक क्रिस्टाइन ब्लासी फोर्डलाई आआफ्ना तर्क प्रस्तुत गर्न आमन्त्रण गरिएको छ ।

फोर्डको भनाइमा मदिरा सेवन गरेका काभानाघले केही दशकअघि आफूमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । काभानाघले फोर्डको आरोप अस्वीकार गर्नुभएको छ र काभानाघ आफैंले न्यायिक समिति समक्ष उपस्थित भएर जवाफ दिन तयार रहेको बताउनुभएको छ ।

फोर्डका कानुन व्यवसायीहरुले समितिमा बयान लिनुअघि अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) लाई अनुसन्धान गर्न दिनुपर्ने आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपतिकी उम्मेदवार रहिसकेकी हिलारी क्लिन्टनले ह्वाइट हाउसले एफबीआईलाई यौन शोषणका सम्बन्धमा जाँचका लागि आदेश दिनुपर्ने बताउनुभयो ।

विगतमा समेत राष्ट्रपतिबाट सिफारिस र मनोनयन गरिएका व्यक्तिमाथि संसदीय सुनुवाइकै क्रममा एफबीआईलाई अनुसन्धानका लागि आग्रह गर्ने गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...