ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए



हाम्रो इकोनोमि

 

 

नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् ।

निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ ।

उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए ।

घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ ।

यसअघि पनि उनले विद्यार्थीहरुलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरुको भनाइ छ । शिक्षक ओमकुमार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेको पीडित बालकका वुवा वीरबहादुर सार्कीले बताए ।

विद्यालय प्रधानाध्यापक श्रेष्ठले पनि विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्वीकार गरेका छन् । विद्यार्थीहरुलाई गालामा पिट्दा खुमानलाई कानमा लागेर रगत आएको हुन सक्ने उनले बताए ।

प्रध्यानाध्यापक श्रेष्ठले खुमानको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने बताए । तर, विद्यार्थीको कानमा पहिले नै समस्या भएकोले रगत आएको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...