उद्योगीहरूद्वारा कर नीतिको यस्तो गरे आलोचना



हाम्रो इकोनोमि

 

 

उद्योगी, व्यवसायीहरुले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरेका छन्।

 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान र नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले सरकारले लिएको कर नीतिको चर्को आलोचना गरे।

 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले तत्काल कर नीति परिवर्तन नगरे नेपालमा कुनै पनि व्यवसाय संचालन हुन नसक्ने चेतावनी दिए।

 

उनले विद्यमान कर नीतिले करको दायरा पनि नबढाउने दावी गरे। उपाध्यक्ष अधिकारीले करको दायरा बढाउन पनि तत्काल उचित र व्यवहारिक कर नीति ल्याउन सरकारसँग माग गरे।

 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले कर असुलीलाई पारदर्शी बनाउन सरकारसँग माग गरे। उनले जनताबाट लिएको कर सदुपयोग गरेको पुष्टि हुनेगरी कर असुली गर्न सरकार लाग्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

 

करको सदुपयोग गरे मात्रै कर असुली पनि सहज हुने उपाध्यक्ष प्रधानको भनाई छ। उद्योगीहरुले दोहोरो करको मारमा नपार्न पनि सरकारलाई दवाव दिँदै आएका छन्।

 

उनीहरुले स्थानीय तहले जथाभावी कर उठाएको भन्दै तत्काल नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...