गर्भवती श्रीमतीकै अगाडि श्रीमानको पासविक हत्या, अमृताकै बुवामाथि आशंका



हाम्रो इकोनोमि

 

भारतको तेलंगाना प्रदेशको नालगोंडा जिल्लाको अस्पताल परिसरमै एक गर्भवती महिलाको श्रीमानको पासविक हत्या गरिएको छ ।

 

श्रीमती अमृताको गर्भ जाँच गरेर बाहिरिंदै गर्दा २४ वर्षीय पेरुमाल्ला प्रणय पासविक हत्या भएको हो । प्रणयको हिंडिरहेकै बेला श्रीमतीकै अगाडि पछाडिबाट आइको एक व्यक्तिले गर्दन छिनाली दिएको हो ।

 

उनको तत्कालै ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रणय र अमृताले यसै वर्षको जनवरी ३१ मा प्रेम विवाह गरेका थिए । यो विवाहबाट दुवै जनाका परिवार सन्तुष्ट थिएनन् ।

 

तर प्रणयको परिवारले भने केही समयपछि दुवैको विवाहलाई स्वीकारेको थियो ।
प्रहरीका अनुसार प्रणयको हत्या पछाडि अमृताको परिवारको हात हुन सक्ने आशंका गरिएको छ ।
जिल्लाका एसपी रंगनाथले भनेका छन्, ‘हामीहरु यसलाई अनर किलिङ मानेर अनुसन्धान गरिरहेका छौँ ।’

 

अमृताकै बुवामाथि आशंका
प्रणय दलित समुदायका हुन् भने अमृता वैश्य । अमृताका बुवा रियल स्टेट व्यवसायी हुन् । प्रहरीले हत्याको पछाडि अमृताकै बुवाको हात हुन सक्ने भन्दै अनुसन्धान थालेको छ ।

 

प्रहरीले अमृताका बुवा मारुती राव र भाइ श्रवणलाई अभियुक्त मानेर अनुसन्धान थालेको जनाइएको छ । प्रणय १० कक्षामा थिए, अमृता ९ कक्षामा थिइन् जब उनीहरुको दोस्ती शुरु भएको थियो ।

 

दुवै जनाले बीटेक गरे । जब दुवैले आ–आफ्नो परिवारलाई विवाहको योजना सुनाए । अमृताका बुवा मारुतीले आफूले त्यस्तो विवाह नमान्ने बताए । परिवारले नमानेपछि प्रणय र अमृताले हैदराबाद गएर आर्य समाज विधिबाट विवाह गरे । त्यसपछि दुवै फर्केर प्रणयको घरमा बस्न थाले ।

 

विवाहपछि मारुतिले छोरीलाई फिर्ता बोलाउन कैयौँ प्रयास गरे तर अमृता मानिनन् । प्रणयका बुवा बाला स्वामीले विवाहको २ महिनापछि नै प्रणयको हत्याको षड्यन्त्र रचिएको बताए । यसबीचमा अमृता गर्भवती पनि भइन् । शुक्रबार प्रणय र उनकी आमा अमृतालाई लिएर मिरयालगुडामा रहेको एक निजी अस्पतालमा चेक गराउन गएका थिए ।

 

यस्तो छ सीसीटीभी फुटेज
उनीहरु दिउँसो १२ बजे अस्पतालभित्र गएका थिए । उनीहरु जँचाएर साढे एक बजे बाहिर निस्के । एक व्यक्तिले उनीहरुलाई पछ्याइरहेको थियो । केही पर पुगेपछि त्यो व्यक्तिले पछाडिबाट प्रणयको गर्दनमा धारिलो हतियारले हान्यो । प्रणयको त्यहीं ज्यान गयो ।

 

हत्यारा त्यहाँबाट भाग्न सफल भए पनि सीसीटीभीको सहयोगले उसको पहिचान भएको प्रहरीले जनाएको छ । तर उसको गिरफ्तारी भने भइसकेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...