‘इन्टु मिन्टु लण्डनमा’को पोस्टरमा को–को अटाए कलाकार ?



हाम्रो इकोनोमि

 

यही आउने असोज ५ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक दुई मध्ये एकमा चलचित्रका दुई मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर फिचर छन् भने अर्को पोस्टरमा साम्राज्ञी र धिरजको साथमा शारुक ताम्राकार, विजय लामा, दिल भूषण पाठक, अर्जुन श्रेष्ठ, रुवी राणा शाह फिचर छन् ।

इन्टु मिन्टु लण्डनको यसअघि गीतहरू र ट्रेलर सार्वजनिक भइसकेको छ ।

चलचित्रको गीतले एकप्रकारको हाइप बनाइसकेको छ ।

यो चलचित्रलाई चर्चित कोरियोग्राफर रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन् ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् ।

सिनेमाका सह(निर्माताहरूमा सुलेखा राई, वसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।‘इन्टु मिन्टु लण्डनमा’को पोस्टरमा को–को अटाए कलाकार ? 

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको चलचित्रको लेखकमा अभिमन्यु दीक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।

शैलेन्द्र धोज कार्कीको छायाङ्कन रहेको चलचित्रमा टसूजिल कर्माचार्य, हर्कुलस

बस्नेत, स्वप्न सुमन र वसन्त सापकोटाको सङ्गीत चलचित्रमा रहेको छ ।

चलचित्र टिम यति बेला मोफसल प्रचारमा व्यस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...