राहत शिक्षकको आन्दोलन जारी, आज पनि विद्यालय ठप्प



हाम्रो इकोनोमि

 

 

नेपाल राहत शिक्षक समितिको आव्हानमा बिहीबार पनि जिल्लाका सम्पूर्ण विद्यालय बन्द बन्द भएका छन्।

आफना माग संबोधन गराउन भन्दै राहत शिक्षकले अब्हान गरेको तिनदिने शैक्षिक हड्तालका कारण आज पनि ओखलढुंगाका सामुदायिक विद्यालय बन्द भएका हुन्।

राहत शिक्षक समिति ओखलढुंगाका अध्यक्ष तोयानाथ काफ्लेले अधिकांश राहत शिक्षक भएका विद्यालयमा पठनपाठन ठप्प भएको बाताए। ओखलढुंगाका ३३१ सामुदायिक तथा सरकारी विद्यालय मंगलबारदेखि ठप्प भएका छन्।

राहत शिक्षक नभएका विद्यालयमा पनि राहत शिक्षकको आन्दोलनलाई ऐक्यबद्धता जनाएर अन्य शिक्षकले विद्यालय बन्द गराएको काफ्लेको भनाइ छ।

राज्यबाट राहत र सरकारी शिक्षकबीच रहेको सबै खाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने, राहत कोटामा कार्यरत सबै शिक्षकलाई एकमुष्ट स्थायी गर्नका लागि संघीय ऐन नीतिगत व्यवस्था गर्नु पनस् लगायतका माग राहत शिक्षकले राखेका छन्।

राहात शिक्षकको आन्दोलनका कारण विद्यालय आएका विद्यार्थी कक्षा कोठामा नै प्रवेश नगरी फर्किएका छन्। शिक्षक बीचको विभेद नहटाएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक समितिका जिल्ला अध्यक्ष काफ्लेले बताए। उनले केन्द्रीय सर्कुलरअनुसार जिल्लाका सबै विद्यालय बन्द गरिएको जानकारी दिए।

देशभर ४० हजार राहत शिक्षक रहेका छन् भने ओखलढुंगामा ३३१ सरकारी विद्यालयमा ४२७ जना राहत शिक्षक कार्यरत छन्। तेस्रो चरणको तीन दिने शैक्षिक हडतालअन्तर्गत मंगलबार देखीको आन्दोलन पहिलो भएको राहत शिक्षक समिति प्रदेश कोषध्यक्ष राम्जी दाहालले बताए।

बिहीबार दोस्रो चरणको आन्दोलनको घोषण केन्द्रले गर्ने र केन्द्रीय सर्कुलर अनुसार आफूहरूआन्दोलनमा जाने दाहालको भनाई छ। शिक्षकको आन्दोलनका कारण ग्रामीण भेगमा टाढाबाट विद्यालय आएका बिद्यार्थीको झरीका कारण बिजोग भएको सदरमुकाममा कक्षा ११ र १२ मा अध्ययन गर्न आएका बिद्यार्थीले बताएका छन्।

राहत शिक्षकले विभिन्न चार सूत्रीय माग राख्दै राहत शिक्षक आन्दोलित भएपछि सरकारी शैक्षिक संस्था ठप्प पार्ने भनिए पनि विद्यालय बन्द नभएको जिल्ला शिक्षा विकास समन्वय इकाइ समिति ओखलढुंगाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...