स्वास्थ्य मन्त्रीलाई यसरी दुःख दिन्छन् डाक्टरले..



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले काठमाडौं बाहिर डाक्टर टिकाउनै गार्‍हो भइरहेको बताए। जिल्ला जिल्लामा जाँदा डाक्टर भेट्नै नहुने स्थिति बनेको उनको भनाइ छ। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबारदेखि सुरु गरेको क्याथ ल्याब उद्घाटन गर्दै यस्तो बताएका हुन्।

‘जिल्ला जिल्लामा जाँदा डाक्टर भेट्नै नहुने भएको छ। भेट्यो कि मलाई काठमाडौं पठाइदिनुपर्‍यो भन्नुहुन्छ’, मन्त्री यादवले भने, ‘जिल्लामा डाक्टर टिकाउनै गार्‍हो छ। डाक्टर पठायो, काठमाडौं फर्किहाल्नुपर्ने।’ उनले डाक्टरहरुको काठमाडौं केन्द्रित मानसिकतालाई सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याए।
८५ प्रतिशत नेपाली गाउँमा बस्ने तर ८० प्रतिशत चिकित्सक सहरमा केन्द्रित भएको उनको आरोप थियो।

‘८५ प्रतिशत नेपाली गाउँमा बस्छन् तर ८० प्रतिशत डाक्टर सहरमा बस्छन्। यो धेरै बेमेल भयो’, उनले थपे, ‘डाक्टरहरुले काठमाडौं केन्द्रित मनस्थितिमा सुधार गर्नुपर्छ। जहाँ धेरै बिरामी छन्, त्यहाँ काम गर्नुपर्छ। डाक्टरहरुले बिरामीहरुबीच भेदभाव गर्नुहुन्न।’

जति राम्रो डाक्टर त्यति काठमाडौं छोड्नै नमान्ने प्रवृत्ति बढेको उनको भनाइ थियो। मन्त्री यादवले सर्वसाधारणलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकारले यसै वर्ष थप एक हजार दुई सय वटा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने जानकारी दिए।

नेपालको स्वास्थ्य क्षेत्रको मुख्य चुनौती गरिबी भएको भन्दै उनले गरिब नेपालीलाई विना उपचार मर्न नदिन निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिनु कम महत्वाकांक्षी नभएको सुनाए।

कार्यक्रममा अस्पतालका दुई वरिष्ठ चिकित्सक प्रा.डा. राकेश वर्मा र डा. कल्पना श्रेष्ठ तथा पूर्वनर्सिङ इन्चार्ज इन्दिरा प्रधानलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...