रुसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास शुरु



हाम्रो इकोनोमि

 

रुसले मंगलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।

लाखौँ सैनिकले एकैसाथ गरेको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित युद्धक विमान सहभागी हुनेछन् । अभ्यासमा तीन हजार पाँच सय चिनियाँ सेनालेसमेत भाग लिएका छन् ।

रुस र चीन सहभागी विशाल सैन्य अभ्यास गरिने सूचनासँगै उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले सैन्य अभ्यासलाई ‘विशाल द्वन्द्व’ को अभ्यास भन्दै यसको आलोचना गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त विशाल सैन्य अभ्यासलाई प्रत्यक्ष अवलोकन गर्ने भएका छन् ।

रुसले सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा आयोजना गरेको भोस्टोक–२०१८ नाम दिइएको चिनियाँ राष्ट्रपतिलगायतका विश्व नेताहरू सहभागी हुने आर्थिक सम्मेलनमा सहभागिता भएपछि राष्ट्रपति पुटिनले सैनिक अभ्यासको अवलोकन गर्नेछन् ।

रुसी रक्षामन्त्रीले विशाल सैन्य अभ्यास शुरु हुनुपूर्व नै तयारी अवस्थामा राखिएका सैनिक गाडी, जहाज, हेलिकोप्टर र पानीजहाजको भिडियो दृश्यलाई सार्वजनिक गरेका छन् ।

यसैबीच रुसको चीनसँग बढ्दो निकट सम्बन्धबारे सम्मेलनका अवसरमा भाग लिन रुस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा रुसी राष्ट्रपतिले मुक्तकण्ठले प्रशंसा गरे । ‘हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,’ रुसी राष्ट्रपतिले भने ।

उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सबै समय मजबुत रहेको बताए । मंगोलियाली सैनिकले पनि सहभागिता जनाउने उक्त सैन्य अभ्यासको नेटोले ‘विशाल द्वन्द्व’को अभ्यास भनी आलोचना गरेको छ ।

सैन्य अभ्यास रुसले पश्चिमी मुलुकका गतिविधिमाथि हस्तक्षेप गरेको भन्ने विषयमा मस्कोमाथि आरोप लगाइएको र उनीहरूबीच तनाब बढेको बेला आयोजना गरिएको छ । पश्चिमा राष्ट्रहरूले युक्रेन र सिरिया रुसी हस्तक्षेपको पनि आलोचना गरिरहेका छन् ।

रुसी सेनाले सैन्य अभ्यासलाई सन् १९८१ मा सोभियत संघले गरेको करिब एक लाख ५० हजार सैनिक सहभागी जापड–८१ (वेस्ट–८१) को विशाल युद्धअभ्याससँग तुलना गरिएको छ ।

रक्षामन्त्री सेर्गेई सोइगुले अहिलेको सैन्य अभ्यास त्योभन्दा अझ विशाल भएको बताए । राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले नेटोद्वारा देखाएको चासोप्रति खण्डन गर्दै यो नियमित सैन्य क्षमता विकासका लागि गरिएको वार्षिक अभ्यास भएको उल्लेख गरे ।

‘यी महत्वपूर्ण अभ्यास पक्कै हुन्, तर यी सेना क्षमता विकासका लागि गरिने वार्षिक कार्यक्रम मात्रै हुन्,’ पेस्कोभले सञ्चारकर्मीसँग बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...