थामियो शेयर बजार



हाम्रो इकोनोमि

 

लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६.७७ बिन्दुले बढेर एक हजार २१७.६५ बिन्दुमा पुगेको छ ।

 

 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८५ बिन्दुले बढेर २५८.०१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कारोबार रकममा समेत वृद्धि भएको छ ।

 

कूल १६७ कम्पनीको १० लाख ९७ हजार ९११ कित्ता शेयर ३३ करोड ३२ हजार ७६३ मूल्यमा खरिद बिक्री भएका छन् ।

 

दुई उपसमूहको शेयर ओरालो लागे पनि अरु उपसमूहको शेयर उकालो लाग्दा बजारमा सकारात्मक प्रभाव परेको हो । वित्त क्षेत्र ०.२६ र निर्जीवन बीमा ६५.२८ बिन्दुले घटेको छ ।

 

यस्तै बैंकिङ ७.२३, व्यापार ०.८४, होटल ४९.४८, विकास बैंक १५.६४, जलविद्युत २.८५, उत्पादन २४.७, अन्य ३.७२, माइक्रोफाइनान्स ११.८ र जीवन बीमा १८.६३ बिन्दुले बढेको छ ।

 

किसान माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक लगानीकर्ताले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...