भृकुटीमण्डपमा नाडा अटो शो सुरुवात



हाम्रो इकोनोमि

 

 

राजधानीको भृकुटीमण्डपमा नाडा अटो शो को भव्य सुरुवात गरिएको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको कार्यक्रममा सुरुवातकै दिनदेखि अवलोकनकर्ताहरुको भिड लागेको छ । मंगलबार मध्यान्ह उद्घाटन गरिएको नाडा अटो शो मा चार पाङ्ग्रे, दुई पाङ्ग्रे तथा स्पेयर पाट्र्स तथा अन्य एसेसरिजहरु बिक्री गरी पाँच अर्बभन्दा बढि करोबार गर्ने लक्ष्य लिइएको छ ।

अटोमोबाइल्स डिलर्स एशोसिएशन अफ नेपाल (नाडा) र जेम्सको संयुक्त आयोजनामा मंगलबारदेखि सुरु भएको भेला यही भदौं ३१ गतेसम्म जारी रहनेछ ।

मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापार घाटा कम गर्न अटो मोबाइल क्षेत्रमा कर बढाएको बताएका छन् । मन्त्री खतिवडाले ऋणमा आधारित उपभोगले आर्थिक विकास नहुने उल्लेख गर्दै जनताको जीवनस्तर माथि उकास्न सरकार प्रयत्नशील रहेको समेत बताए ।

 

आम्दानीमा आधारित उपभोग वृद्धिले मात्रै अर्थतन्त्र विस्तारमा सहयोग पुर्याउने मन्त्री खतिवडाको भनाई छ ।

नाडा अटो शोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षाअनुसार काम नभएको उल्लेख गरिन् ।

 

अध्यक्ष राणाले भनिन्, ‘अर्थमन्त्रीले हामीले नभनीकन बुझ्नु हुन्छ, हामीले केहि भनिरहनु पर्दैन भन्ने लागेको थियो तर हामीले धेरै नै अपेक्षा गरेका रहेछौँ ।’

कार्यक्रममा नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोवाइलमा अत्याधिक कर बढाउदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनीमा राखिएका छन् । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ ।

मेलामा विद्युतीय कारमा मानिसहरुको आकर्षण बढेको देखिएको छ । महिन्द्रा, कियालगायतका कम्पनीले भित्राएको ब्याट्रीबाट चल्ने कारहरुमा अवलोकनकर्ताहरुले चासो दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...