बलात्कार प्रयासको आरोपमा सुनसरीमा एक युवक पक्राउ
किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा सुनसरी प्रहरीले दुहबी नगरपालिका वडा नम्बर ३ लबिपुरबाट एक युवकलाई पक्राउ गरेको छ।
खोटाङको रुपाकोट–मझुवागढी नगरपालिका वडा नम्बर ८ घर भई लबिपुर नमूनाटोल बस्दै आएका २५ वर्षीय ज्ञानेन्द्र राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
आफन्तको घरमा सुतिरहेकी १७ वर्षीया किशोरीलाई आईतबार राती १२ बजे राईले बलात्कार गर्न खोजेको प्रहरीले उल्लेख गरेको छ।
स्थानीयको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीले राईलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

