राहत शिक्षकको आन्दोलन : प्रदेश २ का सबै विद्यालय ठप्प



हाम्रो इकोनोमि

 

प्रदेश २ का आठै जिल्लाका सामुदायिक विद्यालय आजदेखि ठप्प भएका छन् । राहत शिक्षक संघर्ष समितिको आह्वानमा विद्यालय तीन दिनका लागि ठप्प पारिएको हो ।

सबै राहत शिक्षकलाई स्थायी गर्नुपर्ने, शिक्षक सेवा आयोगले विज्ञापन गर्दा राहत शिक्षकको हकमा उमेर हदबन्दी नलगाउनुपर्ने लगायत माग राखेर विद्यालय बन्द गराइएको समितिका महोत्तरी अध्यक्ष राजकिशोर सिंहले बताए।

उनले आफुहरुको माग पुरा गर्न सरकार उदाशीन देखिएकाले बाध्य भएर शैक्षिक हड्तालमा उत्रनु परेको बताए ।

विद्यालय ठप्प भएपछि प्रदेश २ का आठ जिल्लाका लाखौं विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । विद्यालय सुनसान भएका छन् । स्थायी शिक्षकहरु राहत शिक्षकको आन्दोलनमा समर्थन जनाएका छन्  ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...