बरखीको सामान किन्न हिँडेका युवकलाई पिटिपिटि मारियो



हाम्रो इकोनोमि

 

 

एक युवक हजुरआमाको बरखीको लागि सामान किन्न घरबाट बजार निस्किन्छन् । मानिसहरुको भिडले उसलाई घेरा हालेर पिट्न थाल्छ । युवक चिच्चाइरहन्छ र तर मानिसहरु मानिसहरु लाठी, चिर्पट बर्साउन छाड्दैनन् । अन्ततः युवकको ज्यान जान्छ ।

 

मुटु नै काँप्ने यो घटना भारत सीतामढीको हो । सहियारा थाना क्षेत्रको सिगंहरीया गाउँ निवासी रुपेश कुमार झाको हत्या भएको हो ।

 

रुपेशका अंकल सुनिल कुमार झाका अनुसार भोलिपल्ट उनको आमाको बरखी छ । हजुरआमाको बरखीका लागि आवश्यक पर्ने सामानहरु किन्न रुपेश सीतामढी बजार जाँदाजाँदै बाटोमै मारिए ।

 

भारतीय सञ्चार माध्यमहरुले निर्दोष व्यक्ति मारिएको र यसमा प्रहरी प्रशासनको लापरवाही भएको समाचारहरु लेखेका छन् । समाचारअनुसार प्रहरीले हत्यामा संलग्न भएको भन्दै १५० जनाविरुद्ध कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

 

यसरी भयो घटना

रुपेश सीतामढी बजार जाँदै थिए । बाटोमा साइड दिने विषयमा पिकअप भ्यान चालकसँग उनको सामान्य विवाद हुन्छ । पिकअप भ्यान चालकले जोडजोडले चिच्चाउन थाल्छन् । मानिसहरु भेला हुन्छन् ।

 

त्यो भिडले रुपेशलाई समात्छन् र विना कुनै सोचविचार पिट्न थाल्छन् । रुपेशले जीवन रक्षाको भीख माग्छन् । तर लाठी बर्सिरहन्छ । उनी गम्भीर घाइते हुन्छन् ।

 

रीगा प्रहरीले ति युवकको उद्धार गरेर सदर अस्पतालमा पठाउँछ । तर उनको अवस्था निकै गम्भीर भएकाले परिवारका सदस्यहरुले प्रसिद्ध डाक्टर वरुण कुमारको क्लिनिकमा पुर्‍याउँछन् । डा. वरुणले पनि उनको अवस्था चिन्ताजनक देखेर अर्को अस्पतालमा रिफर गर्छन् । राति करिब ११ बजे रुपेशको पीएमसीएच भन्ने अस्पतालमा मृत्यु हुन्छ ।

 

भारतमा भीडले निर्ममतापूर्वक पिटिपिटी मानिसको हत्या गरेको घटना बेलाबेला सार्वजनिक भइरहन्छ । यसले सुशासनको अवस्थालाई खिल्ली उडाइरहन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...