‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक ‘पछि उमेर ढल्किन्छ’(भिडियो)



हाम्रो इकोनोमि

 

चलचित्र ‘छक्का पन्जा ३’को नयाँ गीत सार्वजनिक भएको छ ।

सोमबार चलचित्रको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा अर्जुन पोखरेल र दीपकराज गिरीको शब्द रहेको छ ।

‘पछि उमेर ढल्किन्छ’ बोलको गीतमा निशान भट्टराई र अन्जिला रेग्मीको स्वर रहेको छ  ।

गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

भिडियोमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाईको अभिनय रहेको छ ।

फरक तरिकाको प्रस्तुति रहेको भिडियोमा रिसाइरहेकी दीपिकालाई फकाउन दीपक, केदार, जितु र बुद्धि लागिपरेको देखाइएको छ ।

दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र छक्का पन्जा ३को पहिलो गीत ‘पहिलो नम्बरमा’ केही दिन अघि मात्र करोड क्लबमा प्रवेश गरिसकेको छ ।

यो चलचित्र यही आउँदो दसैँमा रिलिज हुदैँछ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...