बिचौलियासहित प्रहरी निरीक्षक यसरी परे अख्तियारको फन्दामा
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक गणेशसिंह महता र बढैयाताल गाउँपालिका- ७ निवासी स्थानीय मैया पौडेललाई अख्तियारले पक्राउ गरेको छ।
पक्राउ परेका केटाकेटीलाई हिरासतबाट छुटाउन भन्दै ३० हजार रुपैयाँ घुस लिएको आरोपमा उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जले पक्राउ गरेको हो।
घुस लिएको आरोपमा दुवैजनालाई अख्तियारको टोलीले मैनापोखर इप्रकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए ।
पक्राउ परेका केटाकेटीलाई बिहान छोड्ने बेलामा उनीहरुले पैसा लिएको डीएसपी बोगटीले बताए।
रुपन्देहीमा युवतीको अर्धनग्न अवस्थामा शव फेला
रुपन्देहीको सूर्यपुरा पुलमा एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ । शुद्धोधन गाउँपालिका–७ दानव नदी छेउमा सोमबार बिहान करिब २२ वर्षीया युवतीको शव फेला परेको हो ।
गाई चराउन गएका स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय छपिया र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको थियो ।
युवतीको घाटीमा निलडाम छ । प्रहरीले शव नजिकै महिला र पुरुषका चप्पल फेला पारेको छ ।

