बलात्कारीलाई परिआए सक्नुपर्छ गोली ठोक्नलाई



हाम्रो इकोनोमि

 

 

 

नेपालमा यो वर्ष बलात्कारको घटना यसरी बढ्यो कि त्यसले सबैको मनमष्तिष्कमा नराम्रो छाप राख्न पुगेको छ । कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि भएको हत्याले कति आमाबुबाको मन राएको छ ।

 

त्यसलाई कल्पना गर्न समेत हामी सक्दैनौ । यस्तो अवस्थामा कस्को मन नरोला । कसको मनमा चिन्ता नपर्ला ? हो, समाजमा रहेका यस्तै विषयबस्तुलाई आधारित बनाएर खरो खालको शब्द ओकाल्न खप्पिस नानु रेग्मी सुवेदीले यसपालिको हरितालिका तीजलाई गीत लेख्नुभएको छ ।

 

साह्रै मन छुने शब्द लेख्नुहुने सुवेदीले प्रत्येक वर्ष यस्तै विसंगतिलाई सुन्दर शब्दमा गीत लेख्नुहुन्छ । उहाँको यसपालिको तीज गीत यस्तो रहेको छ तल हेर्नुहोला

 

दिन दिनै बढ्दै गयो बलात्कारको घटना
प्रत्येक दिनको घटनाले मनै थामिन्न

भित्री मन रौएको छ छोरीचेली मारिदा
आँखाबाट आँशु बग्छ शब्द कोरिदा

विकृति र विसंगतिको पराकाष्टाले घेरेको
रैछ कि त कसैको कुदृष्टि परेको

बाबा, काका, दादा, मामा कोही भएन्न विश्वासी
छोरी, आमा, बैनी नभन्ने कस्तो असत्ती

स्कूल कलेज, गाउँघरमा भएनन् चेली सुरक्षित
मानवरुपी दानवले बनाए मुर्छित

८ वर्षे देखि लेर ७० वर्षे आमालाई
जोगाउन गाह्रो भयो हाम्रो चेलीलाई

किन होला बिग्रिएको यतिसाह्रो समाज
नेपाली हुँ भन्न पनि भयो लाज

१४८० घटना एक वर्षको दर्तामा
पर्दारैछन् ति धेरै पार्टी कार्यकर्तामा

राज्य आफै लाग्नुपर्छ यस्तो घटना रोक्नलाई
परि आए सक्नुपर्छ गोली ठोक्नलाई

आजैबाट उठौ सबै बलात्कारी रोक्नलाई
जो भए नि नछुटुन है कसुर भोग्नलाई

रोको छ हाम्रो मन, रोएको नेपाल
अपराधिलाई कडा कानुन विन्ति सरकार

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...