मेलबर्न र जिलोङ तीजबाट उठेको रकम नेपालका बलात्‍कृत महिलाहरुको लागि



हाम्रो इकोनोमि

 

दिदी बहिनी समाज भिक्टोरियाले बिगत चार बर्षदेखि मेलबर्नमा आयोजना गरिने तीजबाट संकलित रकम नेपालको सुदूर पस्चिमका बलात्‍कृत ४५ जना महिलालाई पुनर्स्थापनाको सम्पूर्ण खर्च त्यहाँको स्थानिय संस्थासँग सहकार्य गर्दै ब्यहोर्दै आइरहेको र हरेक बर्ष सहयोगको रकम बढाउन प्रयासरत छ ।

 

नेपालमा गत बर्ष १४८० बलात्कारका घटना भएका थिए जुन प्रतिदिन सरदर करीब ४ का दरले पर्न आउने देखिन्छ । बलात्कारका घटना बढीरहेकोले दिदी(बहिनी समाज भिक्टोरियाले मेलबर्नमा आयोजना गरिने अत्यधिक तीजको संख्या घटाउने र नेपालका बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि संकलित रकम बढाउने उद्धेस्य अनुरुप संस्कृति जोगाऔं, आशा जगाऔं नाराका साथ पहिलो पटक नेपाली असोसियसन अफ भिक्टोरिया ९न्याभ० संग संयुक्त रुपमा आयोजना गरिएको तीजमा ६०० भन्दा बढीको उपस्थिति थियो ।

 

त्यस्तै जिलोङमा आयोजित तीज कार्यक्रममा संकलित रकम दिदी(बहिनी समाज भिक्टोरिया मार्फत नेपालका बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि सहयोग गर्न दिदी(बहिनी समाज भिक्टोरियालाई हस्तान्तरण गरिने भएको छ ।

 

लुम्बिनी कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले यसरी कार्यक्रम आयोजना गर्नुको बहु आयामिक महत्व हुँदाहुँदै यसरी आयोजना गरिने कार्यक्रमबाट संकलित रकम सामाजिक काममा लगाउनुको अझै ठुलो महत्व हुने बताउनु भयो ।

 

नेपाली पत्रकारिता जगतका भीष्मपितामहका रुपमा चिनिने स्व गिरिजा प्रशाद कोइरालाद्धारा समेत अभिनन्दित वरिष्ठ पत्रकार गोलप्रशाद थपलियाले तीज किन र कसरी मनाउन शुरु गरिएको भन्नेबारेको कथा सुनाउनु भयो ।

वरिष्ठ बैज्ञानिक डा सन्तोष पाण्डेले तीजको शुभकामना मन्तब्य दिनु भएको थियो ।

 

दिदी बहिनी समाज भिक्टोरियाको तर्फबाट बर्षा केसी राजभन्डारीले नेपालमा बलात्‍कृत महिलालाई पुनर्स्थापनाको लागि गरिएका प्रयासहरुबारे प्रकाश पार्नु भयो । मेलबर्नको कार्यक्रममा दिदी(बहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

 

नाचगानका साथै बिभिन्न रमाइला खेलहरु खेलाइएको जिलोङको कार्यक्रमको सन्चालन ज्ञानेन्द्र उप्रेतीले गर्नु भएको थियो र कार्यक्रमको लागि भेन्यु र खानपानको ब्यबस्था ओसनग्रोभको ब्लु माउण्टेन इन्डियन रेस्टुरेन्टले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...