दलित पार्टीको राष्ट्रिय भेला असोजमा हुने



हाम्रो इकोनोमि

 

नेपाल दलित पार्टीका अध्यक्ष मेखबहादुर कामीले पछिल्ला दिनमा जघण्य अपराधका घटना बढ्दै गए पनि त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । सो पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष कामीले राज्यले नै जघण्य अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए ।

 

उनले उनले कञ्चनपुरकी निर्मला पन्त लगायतका अन्य बलात्कारपछि हत्यामा संलग्नहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन माग पनि गरे । अध्यक्ष कामीले नेपाल दलित पार्टीको आगामी राष्ट्रिय भेला आगामी असोज दोस्रो हप्ता हुने जानकारी दिए । उनले आगामी असोजको १६, १७ र १८ गते कास्कीको पोखरामा राष्ट्रिय भेला गरिने जानकारी दिए । सो भेलामा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने उनले बताए ।

 

सो पत्रकार सम्मेलनमा अध्यक्ष कामले पार्टीले आगामी राष्ट्रिय भेलापछि नयाँ रुप लिने दावी गरे । उनले राष्ट्रिय भेलाको सबै तयारी पूरा भइसकेको जानकारी दिए । सो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञपतीमा कैलालीकी माया विक र कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई जन्म कैदको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...