बारेकोट गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।
गत साउनमा बाढीले पुल बगाएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको हो ।
खाद्य संस्थान घाट डिपोमा मौज्दात खाद्यान्न सकिएको छ ।
पुल बगेपछि सो डिपोमा खाद्यान्न ढुवानी गर्न सकिएको छैन ।
नलगाड नगरपालिकामा रहेको झुम्रेखोलाको पुल बगेपछि बारेकोटलगायत आसपासका क्षेत्रमा खाद्यान्न सङ्कट भएको बारेकोट गाउँपालिका घाटका नीमबहादुर सिंहले जानकारी दिनुभयो ।
“रित्तो हात फर्कनु परेको छ,” उहाँले भन्नुभयो ।
बारेकोट क्षत्रमा अहिले ढुवानी ठप्प छ ।
बजारमा समेत चामल अभाव छ ।
पुल निर्माण नभएसम्म खाद्यान्न ढुवानी गर्न सकिने अवस्था छैन ।
बजारमा अन्य दैनिक उपभोग्य सामग्रीको समेत अभाव भएको छ ।
सडक सञ्जालले नजोडिएको बारेकोट क्षेत्रमा उब्जनी कम हुन्छ ।